जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • कालोधन नियन्त्रणमा राष्ट्र बैंक थप सकृयः सम्पत्ति शुद्धीकरण सम्बन्धी काम गर्न छुट्टै महाशाखा स्थापना

कालोधन नियन्त्रणमा राष्ट्र बैंक थप सकृयः सम्पत्ति शुद्धीकरण सम्बन्धी काम गर्न छुट्टै महाशाखा स्थापना

नेपाल राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरण निवारण सुपरिवेक्षण महाशाखा स्थापना गर्ने भएको छ । केन्द्रीय बैंकले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी कृयाकलापमा वित्तीय विवरण सम्बन्धी निरीक्षण तथा सुपरिवेक्षण गर्न उक्त महाशाखा स्थापना गर्ने भएको जनाएको छ ।

सम्पत्ती शुद्धीकरण तथा आतंकवादी क्रियापलापमा वित्तीय लगानी निवारण सम्बन्धी काम गर्न स्थापना वित्तीय कारबाही कार्यदल (एफएटीएफ) ले निर्धारण गरेको विधी अनुसार बैंक तथा वित्तीय संस्थाले गैरकानूनी कारोबार पहिचान गर्ने प्रणाली बनाउनु पर्ने राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले जारी गरेको मार्गदर्शनमा अवैध कारोबार पहिचान गर्न बैंक तथा वित्तीय संस्थाले जोखिम मुल्यांकन सम्बन्धी प्रणाली बनाउनु पर्ने उल्लेख छ ।

मार्गदशनमा बैंक तथा वित्तीय संस्थाले पहिलो चरणमा गलत गतिविधी पहिचान गर्ने, दोस्रो चरण बैंकिङ प्रणालीमार्फत् सम्पत्ती शुद्धीकरण तथा आतंकवादी क्रियाकलाप हुनुको विश्लेषण गर्ने र अन्तिम चरणमा विभिन्न गतिविधिको मुल्यांकलन गर्ने गरी प्रणाली विकास गर्नु पर्ने उल्लेख छ ।

बैंक तथा वित्तीय संस्थाहरुले जोखिमयुक्त ग्राहक, बैंकिङ प्रोडक्ट, भौगोलिक क्षेत्र पहिचान गर्न स्वाचालित प्रणाली विकास गर्नु पर्ने मार्गदर्शनमा उल्लेख छ ।

दोस्रो चरणमा बैंकले शंकास्पद कारोबारको विश्लेषण गर्दै सम्पत्ती शुद्धीकरण र आतंकवादी क्रियाकलाप सँग सम्बन्धी भए नभएको एकिन गरेर मात्रै थप निर्णय गर्नु पर्ने मार्गदर्शनमा उल्लेख छ ।

जोखिम कम गर्न कस्तो प्रणाली बनाउने, जोखिम आउन सक्ने कारणको विषयमा बैंक तथा वित्तीय संस्था जिम्मेवार बन्नु पर्ने भएको छ ।
मार्गदर्शनमा ग्राहक परिचय प्रष्ट नभएका व्यक्ति वा संस्थासँग कारोबार नगर्न निर्देशन दिइएको छ ।

बैंक तथा वित्तीयले जोखिम मुल्यांकन सम्बन्धी बलियो प्रणाली बनाउन राष्ट्रीय जोखिम मुल्यांकन प्रतिवेदन, पारस्परिक मुल्यांकन प्रतिवेदन, सम्पत्ती शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी राष्ट्रिय रणनीति, वित्तीय जानकारी इकाइले परिकल्पना गरेका विभिन्न टाइपोलोजी र राष्ट्र बैंकले जारी गरेको मार्गदर्शनको विषयमा जानकार हुनु पर्ने भएको छ । यस्ता जानकारीले बैंक तथा वित्तीय संस्थालाई जोखिम पहिचान गर्न सहज बनाउने मार्गदर्शनमा उल्लेख छ ।

मार्गदर्शनमा बैंक तथा वित्तीय संस्थाले कुनै पनि कारोबार गर्दा जोखिम मुल्यांकन सम्बन्धी प्रणाली बनाएर हरेक कारोबारको परिक्षण गर्नु पर्ने उल्लेख छ ।

गलत कारोबार पहिचान गरी कारबाहीको दायरामा ल्याउन बैंक तथा वित्तीय संस्थाको सञ्चालक समिति र उच्च व्यवस्थापन थप जिम्मेवार बन्नु पर्ने भएको छ ।

सञ्चालक समितिले सम्पत्ति शद्धीकरण तथा आतंकवादी क्रियाकलापमा हुने लगानी पहिचान गर्ने प्रणाली प्रयोग गर्न कर्मचारीतन्त्रलाई प्रोत्साहन गर्नु पर्ने भएको छ ।

विदेशी मुद्राको कारोबार गर्दा, व्यापारको भुक्तानी गर्दा, तेस्रो पक्षलाई कुनै सेवा लिए बापत भुत्तानी गर्दा, बैंकमा निक्षेप जम्मा गर्दा, बैंकमा कर्जा लिँदा, इलेक्ट्रोनिक माध्यमबाट कारोबार गर्दा जोमिख मुल्यांकन सम्बन्धी प्रणाली बनाउनु पर्ने मार्गदर्शनमा उल्लेख छ ।

मार्गदर्शन अनुसार बैंक तथा वित्तीय संस्थाले जोखिम रेटिङ तालिका बनाएर गैरकानूनी र शंकास्पद कारोबारको जानकारी अनुसन्धान गर्ने निकायमा गर्ने प्रणाली विकास गर्नु पर्ने भएको छ ।

1335
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका