जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • मिस नेपाल श्रृंखला खतिवडा राष्ट्रिय वाणिज्य बैंकको ब्राण्ड एम्बासडर

मिस नेपाल श्रृंखला खतिवडा राष्ट्रिय वाणिज्य बैंकको ब्राण्ड एम्बासडर

राष्ट्रिय बाणिज्य बैंकको ब्राण्ड एम्बेसडरमा मिस नेपाल वल्र्ड २०१८ श्रृंखला खतिवडा नियुक्त भएकी छन् । बैंकले आफ्नो व्यवसाय प्रवद्र्धनको लागि खतिवडालाई बुधबार एक कार्यक्रमका बीच ब्रान्ड एम्बासडरमा नियुक्त गरेको हो ।

राष्ट्रिय वाणिज्य बैंक र दी हिडन ट्रेजर प्रा.लि. बीच भएको सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र दी हिडन ट्रेजर प्रा.लिको तर्फबाट अध्यक्ष गोपाल सुन्दरलाल कक्षपतीले हस्ताक्षर गरेका छन् ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले राष्ट्रिय बाािण्ज्य बैंक अन्य बाणिज्य बैंकहरुसँग प्रस्तिस्पर्र्धा गर्दै अघि बढिरहेको र आगामी दिनमा यसको सेवालाई अझ विस्तार गर्दै लैजाने क्रममा आफ्नो व्यवसायलाई प्रवद्र्धन गर्नको लागि खतिवडालाई ब्रान्ड एम्बासडरमा नियुक्त गरिएको बताए ।

सम्झौतामा हस्ताक्षर गर्दै दी हिडन ट्रेजरका अध्यक्ष गोपाल सुन्दरलाल कक्षपतीेले सरकारी बैंकसँगको यस्तो सम्झौताले सरकारी संस्थाप्रति नीजि क्षेत्रको गुनासो कम हुंदै जाने र बैंकले नयाँ पुस्तामा समेत आफ्नो उपस्थिती सशक्त बनाउन सक्ने विश्वास लिएको बताएका थिए ।

ब्राण्ड एम्बेसडर नियुक्त भए पछि मिस नेपाल २०१८ श्रृंखला खतिवडाले वाणिज्य बैंकहरुमा मिस नेपालको भूमिकामा पहिलो पटक ब्राण्ड एम्बेसडर नियुक्त भएकोमा खुसी व्यक्त गरेकी थिइन् । अझ सरकारी स्वमात्विमा रहेको बाणिज्य बैंकको ब्रान्ड एम्बासडर हुन पाउदा अत्यन्त खुसी लागेको उनको भनाई थियो ।

11320
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका