जनता बैंकले लाभांश घोषणा गरेको छ । बैंकको आइतबार बसेको संचालक समितिको बैठकले लगानीकर्तालाई आर्थिक वर्ष ७५/७६ सम्मको मुनाफाबाट वितरण गरिने लाभांश प्रस्ताव गरेको हो ।
जस अनुसार बैंकले ६ प्रतिशत बोनस र बोनसमा लाग्ने कर प्रयोजनको लागि समेत ६ प्रतिशत नगद लाभांश गरि कुल १२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ । बैंकले ग्लोबल आईएमई बैंकसंग मर्जरमा जाने सम्झौता गरिसकेको छ ।