जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • नारायणी डेभलपमेन्ट बैंकले पायो हकप्रद निष्काशनको अनुमति

नारायणी डेभलपमेन्ट बैंकले पायो हकप्रद निष्काशनको अनुमति

नारायणी डेभलपमेन्ट बैंकले हकप्रद शेयर निष्काशनको अनुमति पाएको छ। बैंकले हकप्रद निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा दिएको आवेदन मंसिर ३ गते शुक्रबार स्वीकृत भएको हो। 

बैंकले असार ४ गते बोर्डमा आवेदन दिएको थियो।

बैंकले १ः१ को अनुपातमा अर्थात् शत प्रतिशत हकप्रद निष्काशनको अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको थियो। बोर्डबाट अनुमति पाएसँगै बैंकले १३ करोड १२ लाख ३३ हजार ८ सय रुपैयाँ बराबरको १३ लाख १२ हजार ३ सय ३८ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ। 

गत माघ १६ गते सम्पन्न बैंकको वार्षिक साधारणसभा मार्फत बैंकले १ बराबर २ कित्ता सेयरका दरले हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको भएपनि राष्ट्र बैंकले १ बराबर १ कित्ताको दरले मात्रै हकप्रद निष्काशनको अनुमति दिएको थियो ।

11450
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका