जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • सरकारले व्यक्तिमाथि आक्रमण गरेको होइन, संस्थाविरुद्ध आक्रमण गरेपछि अदालत जान बाध्य भएः गर्भनर

सरकारले व्यक्तिमाथि आक्रमण गरेको होइन, संस्थाविरुद्ध आक्रमण गरेपछि अदालत जान बाध्य भएः गर्भनर

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सर्वोच्च अदालतले नियामक निकायको स्वायत्तता जोगाएको बताउनुभएको छ । बुधबार उनी राष्ट्र बैंक बिजयी मुद्रामा हात हल्लाउँदै छिरेका थिए। उनी प्रवेश गरेपछि त्यहाँका बरिष्ठ कर्मचारीलगायतले फुलमालासहित स्वागत गरेका थिए। पदबहाली गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

मंगलबार सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फ्युलालको एकल इजलासले सरकारले गरेको निलम्बन कानून अनुसार नभएको भन्दै गभर्नर अधिकारीलाई काममा फर्कने दिने फैसला सुनाएको थियो । अदालतको अल्पकालिन आदेशपछि गभर्नर अधिकारीले बुधबार राष्ट्र बैंकमा पदबहाली गर्नुभएको हो ।

पत्रकारहरुसँग छोटो कुराकानी गर्दै उहाँले भन्नुभयो ‘‘सरकारले व्यक्ति महाप्रसाद अधिकारीमाथि आक्रमण गरेको होइन, संस्थाविरुद्ध आक्रमण गरेपछि अदालत जान बाध्य हुनु परेको हो, अदालतले पछि पनि न्याय दिनेमा विश्वस्त छु ।’ सञ्चार माध्यमहरुले राष्ट्र बैंकको गभर्नरलाई ब्यक्तिगत रुपमा भन्दा पनि संस्थाको स्वायत्तता जोगिनु पर्छ भनेर जुनखालको ऐक्यवबद्बता ब्यक्त गरेको भन्दा धन्यबाद ब्यक्त गरे।

‘‘राष्ट्र बैंकको गभर्नर सरकारको सल्लाहकार हो, सकारले हटाउन खोज्यो तथा अदालतको आदेशपछि पुर्नबहाली भए भन्दैमा मैले बायस भएर काम गर्न मिल्दैन, सरकारले सल्लाहकारको रुपमा दिने सुझाव दिने छु,’ उहाँले भन्नुभयो । गभर्नर र अर्थमन्त्री भन्ने ब्यक्तिगतभन्दा पनि संस्था हो भन्दै उहाँले अहिले विकास भएको घटनाक्रमबाट काममा प्रभाव पर्न नदिन सतर्क रहेको बताउनुभयो ।

सरकारले गभर्नरमाथि छानबि गर्न भन्दै चैत २४ गतेबाट निलम्बन गरेको थियो। त्यसबिरुद्ध बैशाख ४ गते सर्बोच्च अदालत गएका गभर्नरको पक्षमा फैसला दिँदै अदालतले छानबिन समितिलाई नै निलम्बन गरिदिएको छ।

4000
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका