जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • कुमारी बैंकको ११ प्रतिशत ब्याजदरको ऋणपत्र बाँडफाँट

कुमारी बैंकको ११ प्रतिशत ब्याजदरको ऋणपत्र बाँडफाँट

कुमारी बैंक लिमिटेडले विक्री गरेको ११ प्रतिशत ब्याजदरको ऋणपत्र बाँडफाँट भएको छ । बैंकले सर्वसाधारणमा भदौ १७ गतेदेखि ३१ गतेसम्म प्रतिकित्ता रू. १ हजार दरको ३० लाख कित्ता ऋणपत्र विक्री गरेको हो ।

कुल कित्ताऋणपत्रमध्ये बैंकले १८ लाख कित्ता व्यक्तिगत तवरबाट विक्री गरेको हो भने १२ लाख कित्तामध्ये ६० हजार कित्ता सामूहिक लगानीकोषका लागि छुट्याएर बाँकी कित्ता सार्वजनिक निष्काशन मार्फत विक्री गरेको हो ।

तोकिएको अवधिभित्र रितपूर्वक आवेदन दिने सम्पूर्ण आवेदकहरूलाई ३० लाख कित्ता ऋणपत्र असोज ७ गते बाँडफाँट गरिएको जानकारी बैंकले दिएको छ । बैंकको ऋणपत्र विक्री प्रबन्धकको जिम्मेवारी सिद्धार्थ क्यापिटल लिमिटेडले पुरा गरेको छ ।

1975
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका