जोडिनुहोस
मङ्लबार, बैशाख ११, २०८१
मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • नेशनल लाईफद्वारा ५६ लाख बराबरको मृत्यु दावी भूक्तानी

नेशनल लाईफद्वारा ५६ लाख बराबरको मृत्यु दावी भूक्तानी

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी ले मृत्यू दावी भूक्तानीकाे रकम हस्तान्तरण गरेको छ । कम्पनीले लाजिम्पाट स्थित आफ्नो भवनमा आज एक कार्यक्रम आयोजना गरी स्व.सूकूना गूरुङको मृत्यू दावी भूक्तानीको रकम हस्तान्तरण गरेको हो ।   

कम्पनीकाअनुसार स्व.गूरुङले सन् २०१९ जून ३ मा रु. ५० लाखको दोहोरो दूर्घट्ना लाभ सहितको १० वर्षे अमृत श्री जीवन वीमालेख खरीद गरेको र सन् २०२१ मे २८ मा निजको कोरोनाको कारणबाट मृत्यू भएकोले कम्पनीले वीमा दावी वापत रु.५६ लाख ३० हजार स्व. गूरुङको इच्छाइएको व्यक्ति निजको छोरा बिजेन्द्र गूरुङलाई भूक्तानी गरेको हो ।

उक्त रकम नेशनल लाईफ इन्स्योरेन्सको बित्त विभाग प्रमूख प्रज्जवल सायमीले हस्तान्तरण गरेको कम्पनीले जनाएको छ ।

कार्यक्रममा उक्त दावी आवश्यक कागजात प्राप्त भएको छ दिन भित्र नै दाबी फछर्यौट गरिएको जानकारी दाबी विभागका प्रमूख नबिन श्रेष्ठले गराएका थिए  ।

4800
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका