जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • एनआरएनएको नवौं अन्तर्राष्ट्रिय महाधिवेशनमा कुल १२ पदमा ४२ जनाको निर्वाचन हुने

एनआरएनएको नवौं अन्तर्राष्ट्रिय महाधिवेशनमा कुल १२ पदमा ४२ जनाको निर्वाचन हुने

गैर आवासीय नेपाली संघ (एनआरएनए)ले एउटै पत्रकार सम्मेलन दुइ पटक गरेका छन् । एनआरएनएको नवौं अन्तर्राष्ट्रिय महाधिवेशनमा सम्बन्धमा जानकारी दिने उदेश्यले गरेकाे उक्त पत्रकार सम्मेलन आफू नआउँदै गरेको भन्दै एनआरएनएका अध्‍यक्ष भवन भट्ट रिसाएपछि एनआरएनएले सोमबार नै दोस्रो पटक पत्रकार सम्मेलन गरेको हाे ।

सोमबार बालुवाटारस्थित कार्यालयमा पहिले उपाध्यक्ष कुमार पन्त, महासचिव बद्री केसीसहितका पदाधिकारी सहभागी भएर पत्रकार सम्मेलन गरेका थिए । उक्त पत्रकार सम्मेलन सकिएपछि अध्यक्ष भवन भट्ट आइपुगेका थिए ।

एनआरएनएको नवौं अन्तर्राष्ट्रिय महाधिवेशनमा कुल १२ पदमा ४२ जनाको निर्वाचन हुने भएको छ । संघको विश्वसम्मेलनको उदघाटन मंगलबार काठमाडौंमा हुने भएकाे छ।

संघको विश्व सम्मलेनमा ४२ जना उम्मेदवारहरु विजयी बन्ने निर्वाचन समितिले जानकारी दिएकाे छ ।

संघको अध्यक्षमा एकजना, उपाध्यक्षमा ५ जना (एक महिलासहित), महासचिवमा १ जना, सचिवमा २ जना, कोषाध्यक्ष, सहकोषाध्यक्ष, महिला संयोजक र युवा संयोजकमा १/१ जना निर्वाचित हुनेछन् ।

प्रत्येक क्षेत्रीय समितिबाट एक/एकजना गरी ६ जना क्षेत्रीय संयोजकहरु विश्व सम्मेलनबाट निर्वाचित हुनेछन् ।

त्यसैगरी क्षेत्रीय उपसंयोजक अन्तर्गत यसपटक युरोप क्षेत्रबाट ३ जना निर्वाचित हुने छन् । विधानबमोजिम युरोपमा ३ जना क्षेत्रीय उपसंयोजक हुने निर्वाचन समितिको सूचनामा उल्लेख छ ।

त्यस्तै एसिया प्रशान्त, अफ्रिका र मध्यपूर्वबाट २/२ जना क्षेत्रीय उपसंयोजक छानिने छन् भने उत्तर–दक्षिण अमेरिका र ओसेनियाबाट १/१ जना क्षेत्रीय उपसंयोजकमा निर्बाचित हुन पाउने छन् ।

प्रत्येक क्षेत्रबाट १/१ जनाका दरले ६/६ जना क्षेत्रीय महिला संयोजक र क्षेत्रीय युवा संयोजक चुनिने समितिले जनाएको छ ।

4440
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका