जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • ६ बैंकले सार्बजनिक गरे सिइओको पारिश्रमिक

६ बैंकले सार्बजनिक गरे सिइओको पारिश्रमिक

अहिलेसम्म गत आर्थिक बर्षको साधारणसभा ६ बैंकले गरिसकेका छन्। उनीहरुले बार्षिक प्रतिवेदनमा प्रमुख कार्यकारी अधिकृतको तलव सुविधा सार्वजनिक गरेका छन्।

प्रतिवेदन बैंक अफ काठमाण्डू, सानिमा, कुमारी, माछापुच्छ्रे, सिटिजन्स र एनआइसी एसिया बैंकले सार्वजनिक गरेका छन्।

प्रतिवेदनअनुसार, सबैभन्दा बढि तलव सुविधा बैंक अफ काठमाण्डूले आफ्नो प्रमुख कार्यकारी अधिकृतलाई दिने गरेको छ। बैंकले बार्षिक २ करोड ३२ लाख ८५ हजार रुपैयाँ मारिश्रमिक दिने गरेको प्रतिबेदनमा उल्लेख गरेको छ।

त्यसपछि कुमारी बैंकले २ करोड १४ लाख ६३ हजार दिने गरेको छ। एनआइसी एसियाले २ करोड १३ लाख ६७ हजार रुपैयाँ दिएको छ। सानिमा बैंकले आफ्नो प्रमुख कार्यकारीलाई २ करोड ८ लाख ३९ हजार रुपैयाँ दिएको छ।

माछापुच्छ्रे र सिटिजन्स बैंकको भने तुलनात्मक रुपमा कम छ। माछापुच्छ्रेले १ करोड १७ लाख ९८ लाख र सिटिजन्स बैंकको ९२ लाख १२ हजार रुपैयाँ पारिश्रमिक दिने गरेको छ। यसमा नाफाबाट बोनस र कल्याणकारी कोषको सुविधा जोडिएको छैन।

Name of the Bank CEO remuneration(Rs. ‘000)
BOK   23,285
SANIMA  20,839
KUMARI   21,463
MACHHAPUCHRE  11,798
CITIZEN   9,212
NIC  21,367

4625
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका