जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • लक्ष्मी पुजाको दिन सेयर खरिद गर्दा घाटा नहुँने

लक्ष्मी पुजाको दिन सेयर खरिद गर्दा घाटा नहुँने

धनकी देवीको पुजा गर्ने दिन । लक्ष्मी पुजा विशेष गरेर व्यापारी अझ मारवाडी समुदायले धुमधामका साथ मनाउने गर्छन् ।

भारतमा लक्ष्मी पुजाको दिन बिदा भएपनि सेयर बजार मुहूर्त कारोबारको लागि खुल्ने प्रचलन रहेको छ । नेपालमा मुहूर्त ट्रेडिङको प्रचलन नभएपनि भारतमा भने यो प्रचलन रहेको छ । जसको इतिहास ६० वर्षको छ ।

भारतका प्रमुख सेयर बजार बीएसई र एनएसई लक्ष्मी पुजाको दिन खुल्ने गरेका छन् । यो दिन सेयर खरिद गर्दा वर्षभर नै फाइदा हुने विश्वास सेयर कारोबारीको रहेको छ ।

भारतमा मुहूर्त ट्रेडिङको सुरुवात बीएसईमा सन् १९५७ देखि भएको हो । नेशनल स्टक एक्सचेन्ज(एनएसई)मा भने सन् १९९२ देखि भएको हो । लक्ष्मी पुजाको दिन अधिकाशं लगानीकर्ता सेयर बेच्ने भन्दा पनि खरिदलाई प्राथमिकता दिने गर्छन् ।

जसको कारण धेरैजसो अवस्थामा भारतीय सेयर बजारमा बीएसई र एनएसई बढेर बन्द हुने गर्छन् । अनलाइन ट्रेडिङको सुरुवात भएको हुँदा घरमा बसेर पनि सेयर खरिद गर्न सकिन्छ ।

अघिल्लो वर्ष मुहूर्त कारोबारमा सेयर बजार बढेको थियो । एक घण्टाको लागि मात्र बजार खुल्ने हुँदा अत्याधिक खरिदकर्ताको चाप परेको हुँदा यो दिन बजार बढेर बन्द हुने गरेको छ ।

4715
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका