जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • सिटिजन लाइफ इन्स्योरेन्सद्वारा मृत्यु दाबी रकम हस्तान्तरण

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा मृत्यु दाबी रकम हस्तान्तरण

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको गोरखा शाखाले मृत्यु दाबी रकम हस्तान्तरण गरेको छ । कम्पनीले टेम्केमैयुङ गाउँपालिका वडा नंवर १ भोजपुर निवासि ३९ बर्षिय तेज कुमार राईको मृत्यु दावी बापत उनका हकवाला गीता खत्रीलाई ५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।

२०७८ असार मसान्तमा १५ बर्षको लागि, ५ लाखको सिटिजन शुभारम्भ बीमा योजना खरिद गरेका राईको कोभिड १९ को कारण गत पौष २३ गते मृत्यु भएको थियो ।

पहिलो किस्ता ३५ हजार ७६२ रुपैयाँ मात्र बुझाएका राईको मृत्यु दावी रकमको चेक गोरखा नगरपालिका वडा नंबर ८ बराह स्थित बीमितको घरैमा पुगेर शाखा प्रबन्धक हरिहर आचार्यले हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा जिल्ला निर्वाचन कार्यालय प्रमुख टेक बहादुर कोइराला, सिनियर एजेन्सी मेनेजर काजिराम अधिकारी लगायत टोलवासिको उपस्थिति रहेको थियो ।

नेपाली बीमा बजारमा नवीनतम विशेषताहरु सहित आएको सिटिजन लाइफका डबल बोनस, दुइगुणा वीमाङ्क सुबिधा, घातक रोग उपचार खर्च र बालबच्चाको उच्च शिक्षाको लागि धेरै रुचाइएका बीमा योजनाहरु रहेको समेत रहेका छन्

3585
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका