जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • सिटिजन लाइफले गर्यो मृत्यु दाबी भुक्तानी

सिटिजन लाइफले गर्यो मृत्यु दाबी भुक्तानी

सिटिजन लाइफ इन्स्योरेन्स भैरहवा शाखाले १२ लाखको बीमा दाबी रकम भुक्तानी गरेको छ ।

कम्पनीले मंगलबार रुपन्देही जिल्ला सिद्धार्थनगर न.पा. वडा नं. ६ निवासी स्व. आरती राईले गरेको जीवन बीमा बापतको रकम उनका श्रीमान् जितेन्द्र बहादुर क्षेत्रीलाई मृत्युदावी माग गरेको ४८ घण्टा भित्रमै १२ लाख रुपैयाा बीमाङ्क रकम, काजक्रिया खर्च ५० हजार सहित एक वर्षको बोनस वापत् ४२ हजार रुपैयाँ गरि एकमुष्ठ रु १२ लाख ९२ हजार भुक्तानी गरेको हो ।

मृतक राईले २०७७ साल चैत्र ३१ गते १२ लाखको वार्षिक अग्रिम भुक्तानी योजना १ लाख ६ सय ७१ रुपैयाँ तिरी खरिद गरेकी थिइन् । उनको २०७८ साल बैसाख २९ गते कोभिडको कारणले निधन भएको थियो ।

दाबी भुक्तानी कार्यक्रममा भैरहवा एरिया प्रबन्धक नरेश सिग्देल, भैरहवा शाखा प्रमुख गिरिजा खनाल, भलवारी शाखा प्रमुख रवि काफ्ले, एजेन्सी मेनेजर राधिका कुँवर र मृतक राई को सः परिवारको उपस्थिति रहेको थियो ।

बीमा दाबी बापतको भुक्तानी लिँदैगर्दा मृतकका श्रीमान् जितेन्द्र बहादुर क्षेत्रीले जीनव बीमा भुक्तानी प्रक्रिया अत्यन्तै सरल र सहज रूपमा पाएको बताए ।

7500
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका