जोडिनुहोस
शनिबार, साउन ९, २०८३
शनिबार, साउन ९, २०८३
  • होमपेज
  • महालक्ष्मी विकास बैंक र एसबी सोलुसन्स बीच सम्झौता

महालक्ष्मी विकास बैंक र एसबी सोलुसन्स बीच सम्झौता

महालक्ष्मी विकास बैंकले ‘लोन म्यानेजमेन्ट सिस्टम सफ्टवेयर’ मार्फत आन्तरिक ऋण प्रक्रियालाई डिजिटाइज र स्वचालित गर्ने भएको छ। यसका लागि बैंकले एसबी सोलुसन्स प्रालिसँग सम्झौता गरेको छ।

बैंकका सामान्य सेवा विभाग प्रमुख रघुनाथ कोइराला र एसबी सोलुसन्सका प्रमुख बिपुल ढकालले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

‘लोन म्यानेजमेन्ट सिस्टम’ मार्फत् बैंकले आन्तरि ऋण तथा त्यस फाइलको स्वीकृति प्रकृयालाई स्वचालित र डिजिटलाइज गर्न सक्नेछ। यसबाट बैंकलाई ग्राहकको ऋणका फाइलसम्बन्धी कामको स्वीकृति र विश्लेषण गर्न प्रत्यक्ष फाइदा पुग्नेछ।

बैंकले चाँडै नै अनलाइनबाट ऋण लिन योग्य हो/होइन भन्ने सेवाको पनि सुरुवात गर्ने छ। यसबाट ग्राहकले अनालइनबाटै ऋणका लागि आवेदन दिन सक्नेछन्।

बैंकका एक लाखभन्दा बढी ग्राहक छन्। बैंकका देभर १०० भन्दा बढि शाखा छन्

11820
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका