जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • राष्ट्रिय वाणिज्य बैंकको क्रेडिट कार्ड सेवा शुरु

राष्ट्रिय वाणिज्य बैंकको क्रेडिट कार्ड सेवा शुरु

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले नगद कारोबारमा रहेको जोखिमलाई न्यूनिकरण गर्न मंगलबार क्रेडिट कार्ड सेवाको शुभारम्भ गरेको छ । बैंक संचालक समितिका अध्यक्ष रामशरण पुडासैनीले बैंकका ग्राहक एवं एशियन लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष दिपककुमार श्रेष्ठलाई एक कार्यक्रमका बीच क्रेडिट कार्ड हस्तान्तरण गर्दै सेवाको शुभारम्भ गरेका हुन् ।

समारोहमा बैंक संचालक समितिका अध्यक्ष रामशरण पुडासैनीले ग्राहकको चाहना अनुसार नयाँ–नयाँ बैंकिङ्ग प्रोडक्टको अनुसन्धान गर्नुपर्ने बताउंदै यस्तो सेवाले ग्राहकवर्गको आर्थिक कारोबारमा सहजता हुने बैंकले विश्वास लिएको बताए ।

बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले क्रेडिट कार्डको शुभारम्भ पछि पूर्ण डिजिटल बैंकिङ्ग तर्फ बैंक अगाडि बढिरहेकोे बताउँदै नेपाल, भारत र भुटानमा चल्ने यो सेवा बैंकका सबै शाखा कार्यालयबाट माग गर्न सकिने बताए ।

एशियन लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष दिपककुमार श्रेष्ठले रा.वा.बैंकको पहिलो क्रेडिट कार्ड ग्राहक हुन पाउंदा खुसी लागेको बताउंदै बैंकको व्यवसाय विस्तारको लागि शुभकामना व्यक्त गरे ।

समारोहमा उपकार्यकारी अधिकृत देवेशप्रसाद लोहनीले प्रतिस्पर्धी बजारमा सस्तो ब्याजदरमा दिइने क्रेडिट कार्ड ग्राहकको आयश्रोत एवं भुक्तानी क्षमताको आधारमा ग्राहकलाई २० हजार देखि पाँच लाख रुपैंयासम्मको क्रेडिट लिमिट दिन सकिने बताए ।

डिजिटल बैंकिङ्ग विभागका प्रमुख ऋषिराम ढकालले क्रेडिट कार्डबाट ग्राहकले दैनिक रकम भुक्तानी, अनलाइन सपिङ्ग, तोकिएको सीमा भित्र रहेर नगद समेत झिक्न मिल्ने सुविधा रहेको बताए ।

बैंकको हाल ७७ जिल्लामा २४७ वटा शाखा कार्यालय, २०९ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ्ग रहेको छ । उक्त समारोहमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी, उपकार्यकारी अधिकृत सरस्वती अधिकारी, विभागीय प्रमुखहरु, बैंकमा क्रियाशिल ट्रेड युनियनका अध्यक्षहरु लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

2225
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका