जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • महालक्ष्मी विकास बेैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

महालक्ष्मी विकास बेैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

महालक्ष्मी विकास बैंक लि. ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न शाखाहरुबाट विभिन्न कार्यक्रमहरु गर्र्दै आइरहेको छ । सोही कार्यलाई निरन्तरता दिँदै बैंकको सुर्खेत शाखाले विरेन्द्रनगर न. पा.–३ मा अवस्थित हरि डिल भूमि माध्यामिक विद्यालयमा पानी प्रशोधन उपकरण जडान गरेको छ । बर्षातका समयमा महामारीका रुपमा देखिने ज्वरो, टाइफाइड जस्ता समस्याबाट विद्यार्थीहरुलाई जोगाउनका लागि बैंकले विद्यालयमा उक्त उपकरण जडान गरेको हो ।

त्यसैगरी, बैंकको पालुङ शाखाले बज्रबाराही माध्यामिक विद्यालयमा वित्तीय साक्षरता कार्यव्रmम सञ्चालन गरेको छ । शाखाले विद्यार्थीहरुलाई बचत गर्नका लागि उत्प्रेरित गर्ने उद्देश्यले विद्यालयका १०+२ मा अध्यनरत विद्यार्थीहरुलाई निक्षेप, रकम भुक्तानी, कर्जा, एटिएम कार्ड, मोवाईल बैंकिङ, विप्रेषण, ईसिसि, आईपिएस, बीमा लगायत अन्य बैंकिङ्ग सेवाबारे साक्षर गराएको हो ।
बैंकले आगामी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अभैm प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्घता जनाएको छ ।

8850
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका