जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • कोरोना फैलँदै गएको भन्दै राष्ट्र बैंकले बैंकहरुलाई दियो यस्ता निर्देशन

कोरोना फैलँदै गएको भन्दै राष्ट्र बैंकले बैंकहरुलाई दियो यस्ता निर्देशन

कोरोना संक्रमण दर बढ्दै गएको भन्दै नियामक राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई विभिन्न निर्देशन दिएको छ। बैंक तथा वित्तीय संस्थाहरुलाई पूर्ण सजगताका साथ सेवा सुचारु गराउन राष्ट्र बैंकले भनेको छ।

प्रत्यक्ष सम्पर्कमा रहने जनशक्ति तथा सेवाग्राहीमा संक्रमणको जोखिमलाई न्यूनीकरण गर्न आवश्यक उपायहरु अवलम्वन गर्न राष्ट्र बैंकले भनेको छ।

सेवाग्राहीबीच भौतिक दूरी कायम हुने व्यवस्था मिलाएर सेवा प्रवाह गर्न तथा सेवाग्राहीको आवतजावत सकेसम्म कम हुनेगरी सेवा प्रदान गर्न भनेको छ। सकेसम्म विद्युतीय माध्यमबाट कारोबार गर्न गराउन पनि राष्ट्र बैंकले आग्रह गरेको छ।
संचालित एटिएम बुथहरुबाट हुन सक्ने संक्रमण जोखिम न्यूनीकरणका लागि ढोका खुला राखी सेनिटाइजर तथा टिस्यु पेपरको व्यवस्था गर्न भनिएको छ।

बैंक तथा वित्तीय संस्थाबाट संचालन गरिने बैठक, गोष्ठि, सेमिनार, तालिमजस्ता कार्यक्रममा भौतिक दूरी सुनिश्चित हुनेगरी गर्नुपर्नेछ। सम्भव भएसम्म त्यस्ता कार्यक्रम भर्चुअल माध्यमबाट गर्ने व्यवस्था मिलाउनुपर्नेछ।

कर्मचारीलाई समूहमा विभाजन गरी समूह समूहबीच प्रत्येक्ष सम्पर्क नहुनेगरी कार्य वातावरण निर्माण गर्ने व्यवस्था मिलाउन राष्ट्र बैंकले भनेको छ। त्यसका लागि रिमोट एक्सेस, वर्क फ्रम होम, सिफ्टवाइज वर्क लगायतका उपाय अवलम्वन गर्न सकिने राष्ट्र बैंकले औंल्याएको छ।

कुनै कर्मचारीमा संक्रमणको शंका लागेमा अविलम्व परीक्षणको व्यवस्था गर्ने, आइसोलेसन गर्ने तथा कन्ट्याक ट्रेसिङमा परेका कर्मचारीलाई क्वारेन्टिनको व्यवस्था गर्न निर्देशन दिएको छ।

कोभिडसम्वन्धी समस्याको सहजीकरण र सम्पर्कका लागि सुरक्षा व्यवस्थापन समूह गठन गर्न निर्देशन दिइएकोमा सो समूहलाई सक्रिय रुपमा परिचालन गर्न राष्ट्र बैंकले भनेको छ।

5525
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका