जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • महालक्ष्मी विकास बैंकको कामु सीईओमा लम्साल

महालक्ष्मी विकास बैंकको कामु सीईओमा लम्साल

महालक्ष्मी विकास बैंकको कायम मुकायम(कामु) प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा दिपेश लम्साल नियुक्त भएका छन् ।

बैंकको पुस २८ गते बसेको सञ्चालक समितिको बैठकले लम्साललाई बैंकको कामु सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

उनलाई माघ १ गतेदेखि लागू हुने गरी सो पदमा नियुक्त गरिएको हो ।

लम्साल हाल बैंकको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत छन् ।

साथै, सञ्चालक समितिले कम्पनीका सीईओ बोधराज देवकोटा पदबाट दिएको राजीनामा स्वीकृत गरेको छ ।

अर्को व्यवस्था नभएसम्मका लागि कामु सीईओ जिम्मेवारी लम्साललाई दिइएको कम्पनी सचिव सोमराज पन्तले बताएका छन् ।

लम्सालसँग बैंकिङ क्षेत्रको २४ वर्षभन्दा बढी अनुवभ छ । नबिल बैंकमा ८ वर्ष र कुमारी बैंकमा ४ वर्ष काम गरेका उनी महालक्ष्मी बैंकमा भने विगत १२ वर्षदेखि कार्यरत छन् ।

620
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका