जोडिनुहोस
शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • एसबिआई बैंकले घोषणा गर्यो २६औं वार्षिक साधारणसभा

एसबिआई बैंकले घोषणा गर्यो २६औं वार्षिक साधारणसभा

नेपाल एसबिआई बैंकले मंसिर २९ गते २६औं वार्षिक साधारणसभा डाकेको छ। साधारणभामा सञ्चालक समितिले घोषणा गरेको १०.८४ प्रतिशत नगद लाभांस र ६ प्रतिशत बोनस शेयरको प्रस्ताव लगिने छ।

साधारणसभाले गत वर्षको लेखापरिक्षण प्रतिवेदन पारित गर्नेछ। सञ्चालक समितिले गत साउन २४ गते स्वतन्त्र सञ्चालकमा विमला सुवेदीलाई चार वर्षको लागि नियुक्तीलाई साधारणसभाबाट पारित गरिने भएको छ।

चालु आर्थिक वर्षको लागि लेखापरिक्षण समितिले सिफारिश गरे अनुसार लेखा परिक्षकको नियुक्तीर उसको पारिश्रमिकलाई सभामा पेश गर्ने भएको हो।

बैंकको हालको चुक्ता पूँजी ८ अर्ब ४४ करोड रुपैयाँ छ। शेयरधनीहरुले यसै पूँजीको ९१ करोड ६० लाख रुपैयाँ नगद लाभांस पाउने छ। प्रस्तावित ५० करोड ६९ लाख रुपैयाँ बोनस शेयर पछि चुक्ता पूँजी ८ अर्ब ९५ करोड रुपैयाँ कायम हुनेछ।

बैंकले नाफाको एक प्रतिशत सामाजिक उत्तरदायित्वका लागि खर्च गर्नु पर्ने व्यवस्था छ। तर बैंकले गत वर्ष यस्तो खर्च सिमा भन्दा धेरै गरेकोले उक्त खर्चलाई साधारणसभाबाट अनुमोदन गर्न प्रस्ताव अगाडि सारेको छ। बैंकले गत वर्ष एक करोड ५७ लाख रुपैयाँ यस्तो शिर्षकमा खर्च गरेको थियो।

अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थालाई गाभ्ने गाभिने प्रयोजनको सम्पुर्ण काम कारबाहि अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव साधारणसभामा पेश गर्नेछ।

11680
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्