जोडिनुहोस
मङ्लबार, बैशाख ४, २०८१
मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • विद्युतीय ट्याक्सीको पनि मापदण्ड, १२ सय सीसीको हुनुपर्ने

विद्युतीय ट्याक्सीको पनि मापदण्ड, १२ सय सीसीको हुनुपर्ने

यातायात व्यवस्था विभागले मिटर जडित ट्याक्सीका लागि नयाँ मापदण्ड तोकेको छ ।

मापदण्ड अनुसार नयाँ ट्याक्सी ल्याउदा कम्तीमा १ हजार २ सय सीसीको फोर स्ट्रोक सेडान कार हुनुपर्नेछ। ट्याक्सीमा ३ वा सो माथि बढी सिलिण्डर हुनुपर्नेछ। त्यस्तै  सेन्ट्रल लकिङ सिस्टम, एसी हिटर, डिजिटल मिटरसँगै प्रिन्टर, जिपिएस ट्रयाकिङ सिस्टम, एलईडी स्क्रिन हुनुपर्नेछ।

विभागले शुक्रबार नै मातहतका सबै कार्यालयलाई नया मापदण्ड कार्यान्वयन गर्न/ गराउन पत्राचार गरेको छ। अहिले नयाँ ट्याक्सी दर्ता गरेर चलाउन पाईदैन। २० बर्ष संचालन गरेपछि त्यसलाई हटाएर नयाँ ट्याक्सी लिन पाईन्छ।

सोही नयाँ ट्याक्सी दर्ता गर्दा यो मापदण्ड लागु हुने विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिए। जुनसुकै प्रकारले ट्याक्सी दर्ता  गर्दा यो मापदण्ड अनिवार्य गरिएको छ। तत्कालै नयाँ ट्याक्सी खोल्ने योजना भने नरहेको हमालले बताए।

विभागले ट्याक्सीको मापदण्ड बनाएर मन्त्रालय पठाएको थियो । मन्त्रालयले विभागकै कार्यक्षेत्र भन्दै फर्काएपछि विभागले मापदण्ड तोकेको हो।

विद्युतीय ट्याक्सीको लागि पनि मापदण्ड

विभागले विद्युतीय ट्याक्सीका लागि पहिलोपटक मापदण्ड तोकेको छ।

मापदण्ड अनुसार ट्याक्सी इलेक्ट्रोनिक सेडान कार हुनुपर्नेछ। ब्याट्री लिथियम हुनुपर्नेछ। मोटर पावर न्यूनतम ४० किलोवाट क्षमताको हुनुपर्नेछ भने सेन्ट्रल लकिङ सिस्टम, एसी हिटर, डिजिटल मिटरसँगै प्रिन्टर, जिपिएस ट्रयाकिङ सिस्टम एलइडी स्क्रिन हुनुपर्नेछ।

विद्युतीय ट्याक्सीलाई पहिलोपटक दर्ता गर्न दिन लागिएको हो। नयाँ दर्ता गर्न पाईने छैन। पूरानो रिप्लेस गर्दा दर्ता गर्न पाईने महानिर्देशक हमालले जानकारी दिए।

9145
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका