जोडिनुहोस
आइतवार, पुस ७, २०८१
आइतवार, पुस ७, २०८१
  • होमपेज
  • तीन विकास बैंक र १३ वाणिज्य बैंकका कर्मचारी र सञ्चालक छानबीनको घेराउमा

तीन विकास बैंक र १३ वाणिज्य बैंकका कर्मचारी र सञ्चालक छानबीनको घेराउमा

केही दिन अगाडि पत्याउनै गाह्रो घटना बैंक र विकास बैंकमा भएको छ । एउटा व्यक्तिको खाताबाट चेक बुक बनाई नक्कली हस्ताक्षर गरी ३० लाख भन्दा बढि पैसा चोरी भएपछि प्रहरीले ३ विकास बैंक र १३ वाणिज्य बैंकका उच्च कर्मचारी र बैंक सञ्चालकहरुलाई शंखाको घेराउमा राखी छानबीन शुरु भएको प्रस्टै देखिएको छ । बैंकका कर्मचारी र सञ्चालकहरुको मिलोमतो विना यसरी सबै नक्कली गरि पैसा निकाल्न सम्भवनै छैन प्रहरीको बुझाई छ ।

नेपाल प्रहरीका प्रवक्त विश्वनाथ पोखरेलले आर्थिक बजार न्यूजडटकमसंग टेलिफोनमा भनेः– हामीले अनुसन्धान शुरु गरेका छौं । यस्तो काम कर्मचारी र बैंक सञ्चालकको मिलोमतो विना सम्भव नै छैन ।

उनीले भने हाम्ीले तीनवटा विकास बैंक र १३ वटा वाणिज्य बैंकका संचालक र कर्मचारीलाई शंकाको घेराउमा राखी छानबीन गरिरहेका छौं ।

बैंक र वित्तिय क्षेत्रमा भएमा घटना बैंकले लुकाएको भनिन्छ नि भन्ने प्रश्नमा उनीले भनेः– सूचना लुकाएकै कारण यस्तो घटना भएको हुन । जसले बदमासी गरेको छ । उसलाई कैद र जरिवाना नभएपछि फेरी उसले बदमासी गर्न सक्दछ नि ।

पछिल्लो समय एकपछि अर्को गर्दै बैंकहरुमा चोरीका घटना भएपनि प्रहरीको सक्रियताले चोरहरुले ठूलो रकम चोर्न भने पाएको देखिदैन । एटिएम चोरी काण्डका अपराधी अहिले प्रहरीको खोरमा छन् । यस्तै नक्कली हस्ताक्षर गरि चोरी गर्ने पनि प्रहरीकै हिरासतमा छन् । धन्य छ नेपाल प्रहरी ।

11735
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?