जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • यति एयरलाइन्समा एसियन लाइफको ४९ प्रतिशत सेयर

यति एयरलाइन्समा एसियन लाइफको ४९ प्रतिशत सेयर

आन्तरिक वायुसेवा कम्पनी यति एयरलाइन्समा साझेदारी बन्न एसियन लाइफ इन्स्योरेन्स कम्पनीलाई नेपाल बीमा प्राधिकरणले स्वीकृति दिएको छ । एसियनले यति एयरलाइन्समा ४९ प्रतिशत लगानी गर्न मागेको अनुमतिलाई शुक्रबार स्वीकृति दिइएको नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए ।

‘एसियनले हवाई क्षेत्र (यति एयरलाइन्समा) लगानी गर्न प्राधिकरणसमक्ष अनुमति माग्दै दिएको निवेदनलाई स्वीकृति दिएका छौं।अब एसियन लाइफले बीमा प्राधिकरणले जारी गरेको जीवन बीमा कम्पनीको लगानी निर्देशिका अनुसार यति एयरलाइन्समा लगानी गर्छ पाउँछ’ उनले भने ।

एसियानले प्रस्ताव गरेको लगानी योजना उक्त निर्देशिकाभित्रै भएकोले स्वीकृति दिएको पनि पौडेलेले बताए । ‘प्राधिकरणसमक्ष एसियनले ४९ प्रतिशतले हुने आउने १ अर्ब ७५ करोड रुपैयाँ लगानीको लागि अनुमति मागेको थियो । प्राधिकरणले अनुमति दिएकोले अब सम्बन्धित कम्पनीसँग लगानी गर्न हाम्रो तर्फबाट बाटो खुला भएको छ,’ पौडेलले भने ।

यति होल्डिङ्सको यति एयरलाइन्सको हालको चुक्ता पुँजी २ अर्ब १० करोड रुपैयाँ छ । यो शेयर मूल्यलाई यतिले एसियनलाई ४९ प्रतिशत सेयर प्रिमियम मूल्यमा बिक्री गर्ने भएको छ ।

‘उक्त सेयर प्रतिकित्ता थप ७० रुपैयाँ प्रिमियम थप गरेर १७० रुपैयाँमा खरिदबिक्री गर्न गर्न दुबै पक्ष सहमत भएपछि एसियनले बीमा क्षेत्रको नियामक निकायबाट अनुमति लिएको पनि उल्लेख छ ।

एसियनले लगानी गर्न बीमा प्राधिकरणबाट स्वीकृति पाएपछि अब उक्त जानकारीसहित लगानीको प्रस्ताव यति एयरलाइन्समा गर्ने छ । यति र एसियनबीच हुने दुईपक्षिय समझदारी (एमओयु)बाट लगानी कति दिने र लिने भन्ने विषय एकीन हुने भएको छ ।

यति एयरलाइन्सका अनुसार एसियनले अब आफ्नो प्रस्ताव ल्याउँछ भने त्यसलाई एयरलाइन्सको बोर्ड बैठकले स्वीकृत गराउनुपर्छ ।

यो वायुसेवाले आफ्नो कम्पनीमा लगानीकर्ता भित्र्याउने विषयको बारेमा हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणबाट पनि स्वीकृति लिनुपर्ने हुन्छ । उक्त प्रक्रिया भने एसियनको प्रस्तावपछिमात्रै अगाडि बढ्ने जानकारी पनि यतिले दिएको छ ।

760
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका