जोडिनुहोस
शनिबार, असार २०, २०८३
शनिबार, असार २०, २०८३
  • होमपेज
  • बैंकर्स संघको अध्यक्ष भुवन दाहाललाई बनाउने भद्र सहमति

बैंकर्स संघको अध्यक्ष भुवन दाहाललाई बनाउने भद्र सहमति

वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको संस्था नेपाल बैंकर्स संघको निर्वाचन आगामी मंगलबार हुँदैछ ।

मंगलबार हुने निर्वाचनबाट सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहाल सर्वसम्मत अध्यक्ष हुने भएका छन् । अहिले अध्यक्ष रहेका नेपाल बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानाको कार्यकाल समाप्तिपछि हुन लागेको निर्वाचनमा दाहाललाई सर्वसम्मत अध्यक्ष दिने गरी गरी भद्र सहमति भएको हो ।

ढुंगानाले दोस्रो कार्यकालका लागि कार्यव्यस्तताका कारण दोहोर्‍याउन नसक्ने बताएका थिए । केहीले पूर्वअध्यक्ष अनिलकेशरी शाहलाई अध्यक्ष बन्न प्स्ताव गरेका थिए ।

तर शाहले नै दाहाललाई अध्यक्ष प्रस्ताव गरेका हुन् । शाहको प्रस्तावमा अधिकांशले सहमति जनाइसकेका छन् । ‘भुवन सरलाई बनाउन नाम तोकेरै आएपछि हामी सबैले सहमति जनायौं’ एक बैंकरले भने, ‘अब भुवन सरको मात्रै उम्मेदवारी पर्नेछ, यसका लागि हामीले मौखिक सहमति गरेका छौं ।’

दाहालले पनि अध्यक्ष बन्न आफूलाई प्रस्ताव आएको स्वीकार गरे । ‘तपाई नै बन्नुस भन्नुभएको छ, सबैको आग्रहलाई मैले स्वीकार नगर्ने कुरा नै भएन’ दाहालले भने, ‘तर यो नै फाइनल निर्णय होइन, पक्का चाहिँ मंगलबार हुनेछ ।’

संघको चुनावका लागि कार्यकारी निर्देशक अनिल शर्मा निर्वाचन समितका संयोजक तोकिएका छन् । शर्माका अनुसार संघको नयाँ नेतृत्वका लागि १७ गते नै उम्मेदवारी दर्ता हुनेछ । उम्मेदवारी फिर्ता लिने, दावी विरोध गर्ने र अन्तिम नामावली प्रकाशन १८ गते नै हुनेछ ।

7430
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका