जोडिनुहोस
बिहिबार, चैत्र १५, २०८०
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • सीडीएससीको कामु सीईओमा सापकोटा

सीडीएससीको कामु सीईओमा सापकोटा

धितोपत्रको राफसाफ कार्य गर्दै आएको सीडीएस एन्ड क्लियरिङ लिमिटेडमा कञ्चन सापकोटालाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको छ । सापकोटालाई मंसिर १६ गते सोमबारदेखि लागू हुनेगरी कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको हो ।

सापकोटाले नेटवर्क सेक्सनको प्र्रमुखको कार्यभार सम्हाल्दै आएकी थिइन । खुला प्रतिस्पर्धाबाट नयाँ प्रमुख कार्यकारी अधिकृतको नियुक्ति गरिने भए पनि सो व्यवस्था नभएसम्मका लागि सापकोटाले कार्यभार सम्हाल्ने छिन् ।
सीडीएससीले सोमबार प्रमुख कार्यकारी अधिकृत देव प्रकाश गुप्ताको कार्यकाल गत कात्तिक १० गते सकिएपछि नेतृत्व विहीन थियो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से ) को पूर्ण स्वामित्वमा रहेको यो संस्था सन् २०१० मा संस्थापना भई २०११ मार्च ३१ बाट सञ्चालनमा आएको हो ।

7575
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका