जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • हिमालयन रिइन्स्योन्सको अर्को सफलता, विश्व विख्यात रेटिङ एजेन्सीबाट बि प्लस रेटिङ

हिमालयन रिइन्स्योन्सको अर्को सफलता, विश्व विख्यात रेटिङ एजेन्सीबाट बि प्लस रेटिङ

केही दिन अघि मात्र भारतबाट पुनर्बीमा व्यवसाय गर्न स्वीकृति पाएको हिमालयन रिइन्स्योरेन्सले अर्को ऐतिहासिक सफलता हासिल गरेको छ ।

कम्पनी विश्व विख्यात रेटिङ एजेन्सी एएम वेस्टबाट रेटिङ प्राप्त गर्ने नेपालको पहिलो कम्पनी भएकोमा बि बाट बि प्लस रेटिङमा छलाङ मार्दै पुनः अर्को इतिहास रचेको छ ।

नेपाल जस्तो दक्षिण एसिया प्रान्तीय राष्ट्रमा स्थापित यस कम्पनीले एएम वेस्टबाट रेटिङ गराएको दोस्रो वर्षमै आफ्नो रेटिङ बि बाट बि प्लसमा स्तरोन्नति गराउन सक्नुलाई अत्यन्तै ठुलो उपलब्धिका रूपमा लिन सकिन्छ । बि प्लस रेटिङले कम्पनीको वासलात अत्यन्त सबल रहेको जनाउँछ ।

स्थापनाको छोटो समयमा नै ३१ वटा देशमा व्यवसाय विस्तार गरी दक्षिण एसियाली क्षेत्रको एक उदाउँदो पुनर्बीमाको छवि बनाउन सफल भएको हिमालयन रिइन्स्योरेन्सले एएम वेस्टबाट बि प्लस रेटिङ प्राप्त गरेसँगै दक्षिण पूर्व एसिया, मध्य पूर्व, अफ्रिकी तथा युरोप प्रान्तहरूबाट पुनर्बीमा व्यवसाय गर्न ढोका खुल्ला भएको छ ।

यसले कम्पनीको अन्तर्राष्ट्रिय पुनर्बीमा व्यवसायमा उल्लेख्य वृद्धि हुने कम्पनीले जनाएको छ । यसबाट कम्पनीले नेपालका लागि बहुमूल्य विदेशी विनियम आर्जन गर्न उदाहरणीय योगदान गर्नसमेत टेवा पुग्ने आशा कम्पनीले लिएको छ ।

3725
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका