जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • चिरायु अस्पताल र औषधि व्यवसायीबीच सम्झौता

चिरायु अस्पताल र औषधि व्यवसायीबीच सम्झौता

चिरायु नेशनल हस्पिटल र नेपाल औषधि व्यवसायी संघबीच एक सम्झौता भएको छ । आइतबार हस्पिटल र व्यवसायीबिच विभिन्न औषधिमा छुट दिनुको साथै उपचारमा सहुलियत प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हो ।

नेपाल औषधि व्यवसायी संघका अध्यक्ष मिगेन्द्र मेहेर श्रेष्ठले ४७ वर्षदेखि देशभर औषधि उपलब्ध गराउँदै आएको बताउँदै भने, ‘यस संघले औषधिसँग सम्बन्धित निति नियम निर्माणमा ठुलो भूमिका खेलेको छ । यस संघमा २१ सय भन्दा बढी व्यवसायीहरू आबद्ध छन् । हाम्रो यो सम्झौता पहिलो हो । यस सम्झौताबाट थप सहजता हुनेछ ।’ 

त्यस्तै, चिरायु नेशनल हस्पिटलमा सबै किसिमका बिरामीहरूका लागि गुणस्तरीय सेवा दिँदै आइरहेको अस्पतालका सञ्चालन निर्देशक चन्देश्वर बैधले बताए । यस अस्पतालमा विभिन्न विशेषज्ञ सेवाहरू उपलब्ध रहेको उनले बताए ।  

उनका अनुसार चिरायुमा ग्यास्ट्रो इस्नेन्टटाइनल, हाडजोर्नी, नसा सम्बन्धी र मिर्गौला सम्बन्धी विशेष उपचार गरिन्छ । 

2060
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका