जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • इन्जिनियर रानाभाटको ३ करोड १५ लाख ८१ हजारको सम्पत्ति गैरकानुनी

इन्जिनियर रानाभाटको ३ करोड १५ लाख ८१ हजारको सम्पत्ति गैरकानुनी

जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय लमही, दाङमा कार्यरत इन्जिनियर रामबहादुर रानाभाटले गैरकानूनी सम्पत्ति आर्जन गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानबाट खुलेको छ। रानाभाटको ३ करोड १५ लाख ८१ हजार रुपैयाँ बराबरको सम्पत्ति गैरकानुनी भएको अख्तियारको अनुसन्धानबाट खुलेको हो।

अख्तियारले इन्जिनियर रानाभाटविरुद्ध बुधबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले रानाभाटले सरकारी सेवामा प्रवेश गरेको मिति २०४६ असार ३० देखि २०७९ कात्ति ६ गतेसम्मको उनको आम्दानी र खर्चको विश्‍लेषण गरी अकुत सम्पत्तिको अंक निकालेको हो।

रानाभाटको परिवारले अस्वाभाविक जीवनस्तर यापन गरेको, आफ्नो हैसियतभन्दा बढी रकमको सेयर र जग्गा खरिद गरेको, घर निर्माण गरेको तथा विभिन्न बैंकमा जम्मा गरेको पाइएको अख्तियारको आरोपपत्रमा उल्लेख छ।

अख्तियारले ३ करोड १५ लाख ८१ हजार रुपैयाँ बिगो कायम गरी बिगो बमोजिम जरिवाना र कैद सजाय भाग गरेको छ। उनकी पत्‍नी राधालाई समेत प्रतिवादी बनाइएको छ। राधाको नाममा रहेको स्रोत नखुलेको, आंशिक स्रोत नखुलेको र आंशिक स्रोत खुलेको सम्पत्तिबाट बिगो जफत गर्न माग गरिएको छ।

765
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?