जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • नेपाल इन्भेष्टमेन्ट बैंकको “एनआईबिएल समृद्धि फण्ड–२”

नेपाल इन्भेष्टमेन्ट बैंकको “एनआईबिएल समृद्धि फण्ड–२”

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको सहायक कम्पनीको  एनआईबिएल एस क्यापिटल योजना ब्यवस्थापक तथा डिपोजिटरी रहने गरी “एनआईबिएल म्युचुअल फण्ड”नामको सामूहिक लगानी कोष नेपाल धितोपत्र बोर्डमा दर्ता गरी दुई वटा बन्दमुखी र एउटा खुलामुखी योजना संचालन गर्दै आईरहेको छ ।

“एनआईबिएल म्युचुअल फण्ड”को पहिलो योजना“एनआईबिएल समृद्धि फण्ड (१” सफलता पूर्वक संचालन गर्दै यस योजनाका इकाई धनीहरुलाई हाल सम्मकुल ६३.५ प्रतिशत नगद लाभांश वितरण गर्न सफल रहेको छ र आगामी आर्थिक वर्षमा यसयोजनाको ७ बर्ष अवधि पुरा भई योजना बन्द हुने कम्पनीले जनाएको छ ।

पहिलो योजनाको उत्कृष्ट प्रतिफल साथै आमलगानीकर्ताहरुको विश्वासलाई निरन्तरतादिने उदेश्यका साथ बैँकले “एनआईबिएल म्युचुअल फण्ड”अन्र्तगत संचाल नहुने चौँथो योजनाको रुपमा“एनआईबिएल समृद्धि फण्ड (२” नामको बन्दमुखी योजना संचालन गर्ने अनुमति पाएको कम्पनीले जनाएको छ ।

यस योजनाको आकार एक अर्ब बिस करोड रुपैँया र यस योजना १० वर्षको अवधिसम्म संचालनमा रहनेछ । प्रतिइकाई मूल्य १० रुपैयाँ दरको १२ करोड इकाईमध्ये बीजपूँजी बापत १० लाखइकाई योजना ब्यवस्थापक तथा न्यूनतम २ करोड ३० लाख इकाई कोष प्रबद्र्धकका लागि गरी कुल निष्कासन गरिने इकाईको जम्मा २० प्रतिशत अर्थात २ करोड ४०लाख इकाई सुरक्षित राखि बाँकी न्यूनतम ९ करोड ६० लाखइकाई सर्वसाधारण लगानीकर्ताहरुका लागि बिक्री खुला गरिनेछ ।

यस योजनाको अवधि भर सामूहिक लगानी कोष नियमावलीे एवं निर्देशिका तथा प्रचलित नियम कानुनको अधिनमा रहि इकाई बिक्री मार्फत संकलित रकमलाई जोखिम न्यूनिकरणका उपायहरु अपनाई विभिन्न क्षेत्र तथा वित्तीय उपकरणहरुमा लगानी गरिने कम्पनीले जनाएको छ ।

सो लगानीबाट आर्जितमुनाफालाई इकाईधनीहरुलाई वार्षिक प्रतिफलको रुपमा वितरण गरिने यस योजनाको उदेश्य रहेको छ भने प्रभावकारी वार्षिक प्रतिफल को रुपमा २१.४३ प्रतिशत यस योजनाका इकाईधनीहरुलाई दिन सक्ने प्रक्षेपण गरिएको छ । साथै यस योजनाको इकाईहरु नेपाल स्टक एक्सचेन्जमा सूचिकृतभई योजनाको अवधिसम्म इकाईहरु दोश्रो बजारमा खरिद बिक्रीगर्न सकिने छ ।

7750
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका