जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • सिभिल बैंकका सिइओ गुरूङले लिए एक करोड ४३ लाख तलब सुविधा

सिभिल बैंकका सिइओ गुरूङले लिए एक करोड ४३ लाख तलब सुविधा

सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरूङले तलब भत्ता तथा अन्य सुविधासहित एक करोड ४३ लाख रुपैयाँ बुझेका छन्। उनले तलब वापत ६५ लाख ४ हजार, सञ्चयकोष ६ लाख ५० हजार, अलाउन्सेस ३४ लाख ७८ हजार, बोनस तथा अन्य सुविधा २९ लाख ४५ हजार र अन्य शीर्षकमा ७ लाख ६७ हजार रूपैयाँ बुझेका छन्।

अन्य उच्च तहमा रहेका चारजना व्यवस्थापकहरूले तलबमात्रै ५ करोड ६७ लाख रुपैयाँ बुझेका हुन्। उनीहरूले भत्तावापत ४ करोड २७ लाख रूपैयाँ पाएका छन्। त्यस्तै सञ्चालक समितिले बैठक भत्ता वापत १३ लाख २ हजार रूपैयाँ प्राप्त गरेका छन्। गत आर्थिक वर्षमा बैंकको कर्मचारी खर्च मात्रै ७९ करोड २९ लाख रूपैयाँ छ। कर्मचारी तथा कार्यालय सञ्चालनसहित जम्मा व्यवस्थापन खर्च एक अर्ब ४३ करोड रूपैयाँ छ।

बैंकको आइतबार सम्पन्न साधारणसभामा शेयरधनीहरूले बोल्ने क्रममा बैंकको व्यवसायअनुसार खर्च अत्यधिक भएको भन्दै प्रश्न गरे। कतिपय शेयरधनीले ‘कर्मचारीहरूलाई धेरै खर्च गर्नुपर्दा हाम्रो लाभांशदर नै कम भएको’ भने। शेयरधनीहरूको आरोपलाई खण्डन गर्दै प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरूङले गत वर्ष शाखा कार्यालय विस्तार गर्ने क्रममा खर्च धेरैले बढेको जवाफ दिए। अघिल्लो वर्षसम्म ६८ वटामात्रै रहेको शाखा कार्यालय विस्तार गर्दै गत वर्ष १ सय २ वटा पुर्या एको हुँदा व्यवस्थापन खर्च बढेको प्रष्टीकरण उनले दिए।

बैंकले आफ्नो ब्राण्डको प्रचारप्रसार गर्ने क्रममा धेरै खर्च भएको र यसको परिणाम चालु वर्ष देखा पर्ने जवाफ उनले दिए। बैंकले गरेको प्रसारप्रसारपछि निक्षेप बढिरहेको उनको भनाइ थियो । नयाँ शाखाले तत्काल व्यापार भित्र्याउन नसके पनि आगामी वर्षमा सबै शाखा नाफामा देखिँदै जाने उनले बताए।

6975
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका