जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • बैंक अफ काठमाण्डूको ग्राहकलाई बीमा दाबी रकम भुक्तानी

बैंक अफ काठमाण्डूको ग्राहकलाई बीमा दाबी रकम भुक्तानी

बैंक अफ काठमाण्डू लिमिटेड द्वारा बिओके सुपर तलब खातामा विभिन्न सुबिधाहरुका साथ रु. सात लाख दुर्घटनाजन्य मृत्यु तथा पूर्ण अशक्त्तताको बीमा सुबिधा उपलब्ध गराउर्दै आईरहेको छ ।

यस खातामा रहेका थुप्रै सुबिधाहरुको प्रयोगवापत लाभ लिन नेपाल ईकरात ईन्जिनियरिङ्ग कम्पनी प्रा.लि.ले कर्मचारीहरुको तलब खाता बैंक अफ काठमाण्डू लिमिटेडको हेटौंडा शाखामा विगत केही समय देखि संचालन गर्दै आईरहेको छ ।

साथै, बैंकको उक्त तलब खातामा रहेको बीमा सुबिधा एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडसँगको सहकार्यमा उपलब्ध गराउँदै आएको थियो ।

उक्त ईन्जिनियरिङ्ग कम्पनीमा कार्यरत कर्मचारी रविन सूनारको दुर्घटनामा परी असामयिक निधन भएको थियो ।

निधनपश्चात् स्व.सुनारका पिता ठुलो कान्छा सुनारलाई बैंकको हेटौंडा शाखा कार्यालयका शाखा प्रबन्धक रमेश प्याकुरेलज्यूले उक्त बीमा दाबी रकम रु. सात लाखको हस्तान्तरण गरेको छ ।

बैंकले हाल ८९ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टर मार्फत आफ्ना ग्राहक महानुभावहरुलाई बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको छ ।

13060
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?