जोडिनुहोस
मङ्लबार, बैशाख ११, २०८१
मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • मुक्तिनाथ विकास बैंक र टेस्ला डाएग्नोस्टिक क्लिनिक बीच सम्झौता

मुक्तिनाथ विकास बैंक र टेस्ला डाएग्नोस्टिक क्लिनिक बीच सम्झौता

मुक्तिनाथ विकास बैंक लि र टेस्ला डाएग्नोस्टिक क्लिनिक, वालुवाटारबीच बैंकका ग्राहकहरुलाई क्लिनिकको तोकिएका शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

उक्त सम्झौता पत्रमा टेस्ला डाएग्नोस्टिक क्लिनिकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रिन्कु श्रेष्ठ तथा मुक्तिनाथ विकास बैंक लि.का तर्फबाट सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिल बहादुर गुरुङ्ग ले हस्ताक्षर गर्नुभयो । यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिसा डेबिट कार्डवाहक ग्राहकहरूले टेस्ला डाएग्नोस्टिक क्लिनिक, वालुवाटारमा उपचार गराउँदा तोकिएका विभिन्न सेवाहरुमा १० प्रतिशतसम्म छुट पाउने व्यवस्था गरिएको छ ।

मुक्तिनाथ विकास बैंकले हाल ४२ जिल्लामा १३४ वटा शाखाहरु मार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत निक्षेप तथा कर्जा सेवाहरु प्रदान गर्दै आई रहेको छ । साथै, प्रविधिमा आधारित रही मोबार्ईल बैंकिङ्ग, क्यूआर पेमेन्ट, एटिएम, अनलाईन बैंकिङ्ग लगायतका सेवाहरु पनि प्रदान गर्दै आई रहेको बैंकका प्रमुख सूचना अधिकारी श्री तिल बहादुर गुरुङ्गले बताउनुभयो ।

5395
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका