जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • सिटिजन लाइफको बीमा शुल्क आर्जन ८० प्रतिशत भन्दा धेरैले बृद्धि, अधिकाम्स सूचकमा यस्तो सुधार

सिटिजन लाइफको बीमा शुल्क आर्जन ८० प्रतिशत भन्दा धेरैले बृद्धि, अधिकाम्स सूचकमा यस्तो सुधार

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ मा सम्पुर्ण सूचकमा उल्लेख्य सुधार गर्न सफल भएको छ । कम्पनीले खुद बीमा शुल्क आर्जन ८१ प्रतिशत र कुल बीमा शुल्क आर्जन ८० प्रतिशतले बढाएको छ । सिटिजनले खुद बीमा शुल्क आर्जन तीन अर्ब ३४ करोड रुपैयाँ आर्जन गर्दा कुल बीमा शुल्क आर्जन भने तीन अर्ब ५३ करोड रुपैयाँ रहेको छ ।

कम्पनीले दिर्घकालिन लगानी तथा कर्जा १८ प्रतिशतले बढाएर ४ अर्ब ६ करोड रुपैयाँ पुर्याउन सफल भएको छ भने बीमितले बीमालेख धितोमा राखेर प्राप्त गर्ने बीमालेख धितो कर्जा १६३ प्रतिशलते बढाउन सफल भएको छ । बीमालेख धितोमा राखेर मात्रै बीमितले २७ करोड १२ लाख रुपैयाँ कर्जा लिएका छन् ।

विभिन्न क्षेत्रमा गरिएको कर्जा लगानी तथा आय पनि ८५.९९ प्रतिशतले बढेको छ । यस्तो आर्जन ३२ करोड १९ लाख रुपैयाँ रहेको छ । खुद दाबी भुक्तानी पनि ३३८ प्रतिशतले बढेको छ । बीमितिले ५३ करोड १३ लाख रुपैयाँ खुद दाबी भुक्तानी प्राप्त गरेका छन् ।

अभिकर्ताहरुले प्राप्त गर्ने अधिकर्ता कमिसन पनि यस वर्ष ७५ प्रतिशतले बढेको छ । अभिकर्ताहरुले गत वर्ष ६२ करोड ९४ लाख रुपैयाँ बुझेका छन् । कम्पनीको चुक्ता पूँजी एक अर्ब ७५ करोड रुपैयाँ छ । कम्पनीले यसै वर्ष प्रिमियमा प्राथमिक शेयर निष्काशन गर्ने प्रकृयाँ अगाडि बढाएको छ ।

5040
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका