जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • सिजी फुड्समा अज्ञात समूहको आक्रमण, घटनामा संलग्नलाई कारबाही गर्न कम्पनीको माग

सिजी फुड्समा अज्ञात समूहको आक्रमण, घटनामा संलग्नलाई कारबाही गर्न कम्पनीको माग

चौधरी चौधरी ग्रुपद्वारा सञ्चालित सिजी फुड्स पार्क, भैंसेपाटीमा अज्ञात समूहले आक्रमण गरेको छ। शुक्रबार दिउँसो ३ बजेतिर बा ४ ख १०८५ नम्बरको बसमा आएको  समूहले कर्मचारीमाथि समेत आक्रमण गरेको चौधरी ग्रुपले जनाएको छ। 

कम्पनीका प्रवक्ता मधुसूदन पौड्यालले विज्ञप्ति जारी गर्दै घटनामा संलग्नलाई कानुनी कारबाहीको माग गरेका छन्। 

विज्ञप्तिमा भनिएको छ, ‘देशको प्रमुख औद्योगिक घराना चौधरी ग्रुपद्वारा सञ्चालित उद्योगमाथि दिनदहाडै भएको उक्त आक्रमण अत्यन्तै निन्दनीय छ। यस घटनाको हामी भर्त्सना गर्दछौं। यस घटनाले देशको औद्योगिक वातावरणलाई अत्यन्तै नराम्रो असर पुर्‍याउन सक्नेतर्फ सचेत रहन हामी सम्बन्धित सबै निकायको ध्यानाकर्षण गराउँदछौं। घटनामा संलग्न व्यक्तिहरूमाथि कानुनी कारबाही गर्न नेपाल सरकारसमक्ष अनुरोध गर्दछौं।’ 

विज्ञप्ति अनुसार कम्पनीको भौतिक सम्पत्ति पनि तोडफोड भएको छ। घटनालगतै आक्रमणमा संलग्नलाई नियन्त्रणमा लिइएको भैंसेपाटी प्रहरी प्रभागले जनाएको छ। 

3335
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?