जोडिनुहोस
शुक्रबार, पुस २६, २०८१
शुक्रबार, पुस २६, २०८१

हालको खबर

  • होमपेज
  • सुपारी बगानभित्र कागती खेती फस्टाउँदो

सुपारी बगानभित्र कागती खेती फस्टाउँदो

झापाको वुद्धशान्ति गाउँपालिका–२ जयपुरका कृषक रामप्रसाद उप्रेतीले कागती खेती शुरु गर्नुभएको पाँच वर्ष बढी भयो । व्यावसायिक रुपमा सुपारी खेती गर्दै आउनुभएका उहाँले सुपारी बगानभित्रै मरिच र अलैँची खेती हुँदै अहिले कागती खेती गरिरहनुभएको छ ।

थोरै जमीनमा पनि व्यावसायिक रुपमा खेती गर्दा मनग्य आम्दानी गर्न सकिने भएपछि उहाँले अहिले सुपारी बगानभित्रै विभिन्न प्रकारका नगदेबाली लगाउनुभएको छ । अहिले उहाँको बारीमा तोरी र फापर पनि लटरम्म फुलेको छ । उहाँले भन्नुभयो, “पहिला सुपारी मात्रै हुन्थ्यो, सुपारी बगानभित्र जमीन बाँझैँ बस्थ्यो ।

तर अहिले त्यही बगान भित्र सबै थोक लगाएको छ, गर्दा हुँदो रहेछ ।” सुपारी बगानभित्रको बाँझिएको जमीनमा अहिले लटरम्म कागती फलेका छन् । उहाँले एक बिघा क्षेत्रफलमा कागती खेती गर्नुभएको छ । कागतीबाट सुपारीको भन्दा राम्रो आम्दानी हुन थालेपछि उहाँ आफै चकित हुनुहुन्छ । केही समय अघिसम्म सुपारी बगानमा केही हुँदैन भन्ने सोच बोक्नुभएका उहाँ अहिले अरुलाई पनि जमीन बाँझो नराख्न सल्लाह दिनुहुन्छ । ओम नय शिवाय कृषि फर्म दर्ता गरेर कागती र सुपारीका बिरुवा उत्पादन गर्दै बिक्री वितरण गर्न शुरु गरेपछि उहाँको आम्दामी सोचेभन्दा राम्रो हुँदै गएको छ ।

नगरेर रहेछ उहाँले भन्नुभयो, “जागर भए यही माटोमा सुन फल्छ । सुपारी बगानभित्र मैले सुपारीको भन्दा धेरै आम्दानी अरु बालीबाट गर्न थालेको छु ।” सुपारी बगानभित्र लगाएको अन्य बालीबाट मात्रै वार्षिक पाँच लाख बढी आम्दानी लिने गरेको छु ”, उहाँले भन्नुभयोे । जयपुर क्षेत्रमा सुपारी बगान भित्र धेरैले अन्य खेती गर्दै आएका छन् ।

तर छोटो समयमा कागतीबाट मनग्य आम्दानी लिन सकिने भएपछि त्यस क्षेत्रका कृषक कागती खेतीतर्फ आकर्षित भएका हुन् । मेची नगरपालिकाको काँकडभिट्टास्थित नेपाल बहुउद्देश्यीय सहकारी संस्थाले आफ्ना एक लाखभन्दा बढी शेयर सदस्यलाई कागतीका बिरुवा वितरण गरेको छ । जिल्लाका बुद्धशान्ति, बाह्रदशी गाउँपालिका, अर्जुनधारा, मेचीनगर, भद्रपुर, कनकाइ नगरपालिकालगायत क्षेत्रमा व्यावसायिक रूपमा कागती खेती भइरहेको छ ।

14370
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?