जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • सांग्रिला एकको दुई मुद्दती निक्षेप योजना सार्वजनिक

सांग्रिला एकको दुई मुद्दती निक्षेप योजना सार्वजनिक

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकलाई लक्षित गरी सांग्रिला एकको दुई मुद्दती निक्षेप योजना सार्वजनिक गरेको छ । यस योजना “केवल ७ वर्षमा हुनेछ दोब्बर हर्ष” अन्तर्गत न्यूनतम मौज्दात पाँच हजारबाट सुरु गर्न सकिनेछ ।

यस मुद्दती योजना अन्तर्गत ग्राहक महानुभावले खाता खोली रकम जम्मा गरेको दुई वर्ष भित्र खातामा जम्मा गरिएको रकमको सुरक्षणमा ९० प्रतिशत कर्जा र दुई वर्ष समयावधी पश्चात खातामा जम्मा गरिएको रकमको सुरक्षणमा ग्राहकले १०० प्रतिशत कर्जा सुविधा प्राप्त गर्न सक्नेछन् । यस योजना अन्तर्गत ग्राहक महानुभावले अधिकतम लाभ लिन सक्ने बैंकले विश्वास लिएको छ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर ९१ शाखा कार्यालयहरु, २६ एटिएम रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।

8475
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका