जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • हेटौँडा-काठमाडौँ ‘रोपवे’ पुनः सञ्चालन ल्याउने तयारी

हेटौँडा-काठमाडौँ ‘रोपवे’ पुनः सञ्चालन ल्याउने तयारी

विगत दुई दशकदेखि बन्द भई अहिले अस्थिपञ्जरका रूपमा मात्र सीमित रहेको हेटौँडा-काठमाडौँ रज्जुमार्ग (रोपवे) पुनः सञ्चालनमा ल्याउने तयारी थालिएको छ। बागमती प्रदेश सरकारले यसको तयारी स्वरूप अध्ययन थालेको छ ।

कुनै बेला तराईबाट आयातित सामान हेटौँडा हुँदै काठमाडौँसम्म ढुवानीको भरपर्दो साधनका रूपमा रहेको ‘रोपवे’लाई बागमती प्रदेश सरकारले पुनः सञ्चालनमा ल्याउने तयारी थालेको हो ।

रोपवे २०५६ सालदेखि पूर्ण रूपमा बन्द छ । बागमती प्रदेश सरकारका मुख्यमन्त्री डोरमणि पौडेलले मुलुककै यातायातको इतिहाससँग जोडिएको हेटौँडा–काठमाडौँ रज्जुमार्ग पुनः सञ्चालनमा ल्याउने तयारी सुरु गरिएको बताए।

‘रोपवे मुलुकको यातायात तथा ढुवानी साधनको इतिहाससँग समेत जोडिएको छ । इतिहासको संरक्षणका साथै पर्यटकीय दृष्टिकोणले समेत महìवपूर्ण रहेकाले प्रदेश सरकारले यसलाई पुनः सञ्चालन गर्नेछ,’ पौडेलले भने, ‘अध्ययनले दिएको प्रतिवेदनका आधारमा थप काम अगाडि बढाइनेछ।’

हेटौँडादेखि काठमाडौँसम्म कुल लम्बाइ ४२.२ किलोमिटर रहेको रोपवे २०५६ सालमा बिग्रिँदा चार लाख रुपियाँको अभावमा मर्मत सम्भार हुन नसक्दा बन्द भएको थियो। तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारले २०५९ सालमा यसलाई खारेज नै गरेको थियो।

9830
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका