जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • ललितपुर अदालत परिसरमा एनआइसी एशियाको बिस्तारिक काउण्टर

ललितपुर अदालत परिसरमा एनआइसी एशियाको बिस्तारिक काउण्टर

ललितपुर जिल्ला अदालत परिसरमा एनआइसी एशिया बैंक लिमिटेडले आफ्नो १०९ औं विस्तारित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ ।

सेवाको समुद्घाटन ललितपुर जिल्ला अदालतका मुख्य न्यायाधीश महेन्द्रबहादुर कार्कीले गरे ।

मंगलबार आयोजित उक्त कार्यक्रममा ललितपुर जिल्ला अदालतका न्यायाधीश एवं पदाधिकारीहरू तथा बैंकका उच्च पदस्थ पदाधिकारीहरूको उपस्थिती थियो ।

उद्घाटन कार्यक्रममा बोल्दै बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुधिरनाथ पाण्डेले अदालत परिसरमा विस्तारित काउण्टर संचालनमा आएसँगै अदालतमा आउने सेवाग्राहीलाई अदालती शुल्कका साथै दस्तुर बुझाउन र आवश्यक पर्ने रकम व्यवस्थापनका लागि सहज हुने र यस बैंकको बैंकिङ्ग सेवा देशका हरेक कुना कन्दरामा पुर्याउने बैंकको अथक यात्रा जारी रहेको जानकारी दिए ।

हाल यो बैंकको देशभर ३१३ शाखा कार्यालयहरु, ४४२ एटिएम, १०९ वटा एक्स्टेन्सन काउण्टर एवं ५२ वटा शाखारहित बैंकिङ्ग इकाईको वृहत सञ्जाल रहेको छ ।

करिब २१ लाख ग्राहकहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु उत्साहप्रद छन् ।

5975
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका