जोडिनुहोस
बुधबार, बैशाख १२, २०८१
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • कोकाकोलाको सेयर ४ अर्ब डलरले घट्यो

कोकाकोलाको सेयर ४ अर्ब डलरले घट्यो

मंगलबार युरोकप २०२० अन्तर्गत पोर्चुगल र हंगेरीबीचको खेल शुरु हुनु अघि प्रेस ब्रिफ्रिङमा पोर्चुगलका स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो आए ।

रोनाल्डो बसेको टेबुलमा २ वटा कोकाकोलाका बोतल राखिएको थियो । जसलाई रोनाल्डोले छिउतिर मिल्काइदिए र पानीको बोतल हातमा लिए । उनले कोकाकोलाको साटो पानी पिउन पनि आग्रह गरे ।

रोनाल्डोको उक्त सानो भिडियो क्लिप क्षणभरमै भाइरल भयो । जसले कोलाकोलालाई मार्केट भ्याल्यूमा ४ अर्ब डलरको नोक्सानी बेहोर्र्न बाध्य बनायो ।

३६ वर्षे स्टार खेलाडी रोनाल्डोको उक्त बोलीले कम्पनीको मार्केट भ्यालूमाा ठूला तरंग ल्याइदियो ।

उक्त दिन युरोपमा सेयर बजार शुरु हुँदा कम्पनीको सेयर प्रतिकित्ता ५६.१ डलर थियो ।

रोनाल्डोको उक्त बोलीले प्रेस कन्फरेन्स सकिने बेलासम्ममा कम्पनीको सेयर मूल्य घटेर प्रतिकित्ता ५५.२ डलरमा झर्यो । यो १.६ प्रतिशतको गिरावटका कारण कम्पनीले मार्केट भ्यालूमा ४ अर्ब डलर कम भयो ।

कोकाकोलाको अहिले बजार भ्याल्यु २३८.३५ बिलियन डलर छ ।

यस विषयमा कोकाकोलाले बयान जारी गर्दै भनेको छ ‘सबैको आफ्नै स्वाद र आवश्यकता हुन्छ, खेलाडीहरुका लागि कोकाकोला र कोकाकोला जिरो सुगर उपलब्ध गराइन्छ ।

5760
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका