जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • ‘विश्व वित्तीय सप्ताह २०२१’मा लक्ष्मी बैंकले गर्यो विभिन्न कार्यक्रम

‘विश्व वित्तीय सप्ताह २०२१’मा लक्ष्मी बैंकले गर्यो विभिन्न कार्यक्रम

विश्व वित्तीय सप्ताह (ग्लोबल मनि विक) २०२१ को उपलक्ष्यमा लक्ष्मी बैंकले विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको छ । बैंकको वित्तीय साक्षरता आभियान अन्तर्गत सातै प्रदेशका विभिन्न विद्यालयहरुका करिब एक हजारभन्दा बढी विद्यार्थीहरुलाई सामान्य वित्तीय साक्षरता सम्बन्धी कक्षा सञ्चालन गरी बचतको महत्व बुझाउदैं खुत्रुके वितरण गरिएको थियो ।

यसका साथै युवाहरुमा प्रविधिको प्रयोग गरी बैकिङ्ग गर्ने बानीको विकास गर्नेे उदेश्यले विभिन्न व्यवसायमा आवद्घ साना व्यवसायीहरुलाई डिजिटल बैंकिंङ्गको प्रयोग सम्वन्धी ३ वटा तालिम सत्र सञ्चालन गरिएको थियो ।

यसैगरी लक्ष्मी बैकको परिकल्पना तथा सौजन्यमा निर्मित वित्तीय साक्षरता अभिबृद्घि सम्वन्धी वृत्तचित्र “समृद्घिको अभियान, लक्ष्य वित्तीय ज्ञान” नेपाल टेलिभिजनबाट २०७७ चैत्र १० गते तथा चैत्र १५ गते प्रसारण गरिएको थियो । विश्व वित्तीय सप्ताहकै उपलक्ष्यमा वित्तीय जानकारी सहितको नव वर्ष २०७८ सालको वार्षिक भित्तेपात्रो (क्यालेन्डर) को पॉचौ संस्करणको विमोचन गरिएको थियो । २० हजार प्रति क्यालेन्डर छापी सात वटै प्रदेशका दुर्गम क्षेत्रमा यस्तो क्यालेन्डर वितरण गर्ने तयारी गरिएको छ ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय साक्षरता अभियानलाई प्रमुख प्राथमिकतामा राख्दै लक्ष्मी बैंकले यसअघि पनि विभिन्न सहभागितामूलक तथा जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ । भविष्यमा पनि यसलाई निरन्तरता दिँदै अधिकतम जनसमुदायमाझ वित्तीय सचेतना फैलाई वित्तीय पहुँच विस्तार गर्ने बैंकको योजना रहेको छ ।

9930
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?