जोडिनुहोस
आइतवार, बैशाख २३, २०८१
आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • कृषि क्षेत्रको पहिलो आइपीओ ल्याउँदै मुक्तिनाथ कृषि कम्पनी, लगानीसँगै प्रविधि भित्र्याउँदै

कृषि क्षेत्रको पहिलो आइपीओ ल्याउँदै मुक्तिनाथ कृषि कम्पनी, लगानीसँगै प्रविधि भित्र्याउँदै

कृषिमा लगानी र अनुसन्धान गर्न मुक्तिनाथ विकास बैंकको प्रमुख लगानीमा खडा भएको मुक्तिनाथ कृषि कम्पनीले आइपीओ निष्कासन गर्ने भएको छ। कृषि क्षेत्रअन्तर्गत आइपीओ निष्कासन गर्ने यो पहिलो कम्पनी हुनेछ। नेपाल धितोपत्र बोर्डले गत बुधबार मात्रै अनुमति दिएको मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले सर्वसाधारणबाट १४ करोड रुपैयाँ उठाउँदैछ। जुन रकम मुख्यतया कम्पनीको निर्माणाधीन कृषि उद्योगमा उपयोग हुने अध्यक्ष भरतराज ढकालले बताए।

‘कम्पनीले स्याङ्जा र चितवनमा दुई उन्नत जातको बिउ उत्पादन गर्ने कृषि उद्योग निर्माण गर्दैछ। आइपीओको रकम यही उपयोग गर्ने पहिलो चरणको योजना हो,’ ढकालले भने,’यस बाहेक कृषि अनुसन्धानमा पनि प्रयोग हुनेछ।’

उनका अनुसार प्रविधिमा आधारित कृषि उत्पादनलाई कृषकदेखि उपभोक्तासम्म जोड्न कम्पनीले महत्त्वपूर्ण भूमिका खेलेको छ। जसका लागि कम्पनीले विभिन्न सरकारी, गैरसरकारी तथा निजी साझेदारहरुसँग सहकार्य पनि गर्दै आएको छ।

हालै कम्पनीले बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा आधुनिक वधशाला संचालनमा ल्याएको छ। मुक्तिनाथ लाइभस्टक बैंकले असोजदेखि वधशाला संचालन गर्दैछ। जुन मुक्तिनाथ कृषिको सहायक कम्पनी हो। कुल ९ वटा सहायक कम्पनी छन्। सातै प्रदेशमा कम्पनीका कार्यलय छन्। ७० वटा जिल्लामा वस्तु तथा सेवाहरु पुर्‍याइसकेको छ।

कम्पनीले कृषिमा आधारित सहकारीहरुसँग सहकार्य गरि ग्रामिण क्षेत्र र बजार क्षेत्रमार्फत् सेवा दिइरहेको छ। कम्पनीका प्रमुख ग्राहक पनि उनीहरु नै हुन्। कम्पनीले २०२३ को पहिलो पाँच महिनामै ७ करोडको कारोबार गरिसेको छ। सन् २०२२ मा १९ करोड २० लाखको कारोबार गरेको थियो। त्यस अघिको वर्ष ९ करोड ८० लाखको कारोबार थियो।

 

1640
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका