जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • सिमेन्ट उत्पादक संघको अध्यक्षमा शिवम् सिमेन्टका प्रबन्ध निर्देशक मारु

सिमेन्ट उत्पादक संघको अध्यक्षमा शिवम् सिमेन्टका प्रबन्ध निर्देशक मारु

नेपाल सिमेन्ट उत्पादक संघको नयाँ कार्यसमितिको लागि शुक्रबार भएको निर्वाचनमा शिवम् सिमेन्टका प्रबन्ध निर्देशक रघु नन्दन मारु अध्यक्षमा सर्वसम्मत चयन भएका छन् ।

संघको २० औं वार्षिक साधारणसभाले आगामी ३ वर्षको लागि मारु लाई अध्यक्षमा चयन गरेको हो । अध्यक्ष मारु विगत लामो समय देखि सिमेन्ट उद्योगमा आवद्ध छन् ।

नेपाल सिमेन्टमा आत्मानिर्भर हुँदै गर्दा सिमेन्ट उद्योगसंग सम्बन्धित दिर्घकालिन तथा अल्पकालीन समस्याहरुको समाधान, स्थायित्व गुणस्तरीय उत्पादन, बजार व्यवस्थापन जस्ता कुराका लागि नीजि क्षेत्रबाट सिमेन्ट उत्पादक संघ र सरकारबिच सहकार्य गरी अघि बढ्ने बताए ।

सम्पूर्ण सिमेन्ट उद्योगीहरुलाई साथमा लिई यस क्षेत्रमा देखा परेका चुनढुङ्गा उत्खनन्, वन, विद्युत, बैंङकिङ तथा स्थानीय समस्यालगयत विभिन्न चुनौतीलाई सम्बन्धित निकायहरुसँग समन्वय गर्दै अघि बढ्ने अध्यक्ष मारुले बताए ।

संघको नयाँ कार्यसमितिमा अध्यक्षमा मारुका साथै उपाध्यक्ष तारा पोखरेल तथा विकास दुगड, महासचिवमा राजाराम खड्का र कोषाध्यक्षमा अरुण कर्ण रहेका छन् ।

2725
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका