जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • ई सेवाबाट बैंक खातामा रकम पठाउँदा पैसा नलाग्ने

ई सेवाबाट बैंक खातामा रकम पठाउँदा पैसा नलाग्ने

ई-सेवाबाट बैंक खातामा रकम पठाउँदा शुल्क नलाग्ने भएको छ । बिहीबार रातीदेखि अप्रिल ३० सम्मका लागी लागु हुनेगरी बैंकमा रकम ट्रान्सफर गर्दा शुल्क नलाग्ने व्यवस्था ई-सेवाले गरेको हो ।

ई-सेवामार्फत इसेवा खातामै (पि टु पी ट्रान्स्फर ) गर्दा यस अघि नै निशुल्क सेवा रहेकोमा अब बैंक ट्रान्स्फर पनि निशुल्क बनाइएको छ । ई-सेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले भने , ‘अहिलेको अवस्थामा बैंकहरुसँगको सहकार्यमा बैंक ट्रान्सफरलाई निशुल्क बनाएका छौँ । यसले ग्राहकलाई थप सहज हुने र सेवा सर्वसुलभ हुने अपेक्षा गरेका छौँ ।

ई-सेवाले ग्राहकका लागी अन्य सहुलियत कार्यक्रम समेत ल्याउने जनाएको छ । ई-सेवा मार्फत मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका दुई हजार भन्दा बढी सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ । ई सेवामा हाल ४९ वटा बैंक तथा वित्तीय संस्था आबद्ध रहेको कम्पनीले जनाएको छ। यी बैंकबाट ई सेवामा सहजै रकम जम्मा गर्न तथा ई सेवाबाट बैंक खातामा रकम पठाउन सकिने कम्पनीको भनाई छ ।

 

7705
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?