जोडिनुहोस
बिहिबार, फाल्गुन १४, २०८२
बिहिबार, फाल्गुन १४, २०८२
  • होमपेज
  • नयाँ गभर्नर अधिकारीको हस्ताक्षर भएको पहिलो नोट ८ महिनापछि आउने

नयाँ गभर्नर अधिकारीको हस्ताक्षर भएको पहिलो नोट ८ महिनापछि आउने

नेपाल राष्ट्र बैंकले ५ र १० रुपैयाँ दरका नयाँ नोट छाप्ने जिम्मा चीनको कम्पनीलाई दिएको छ। राष्ट्र बैंकले तीन महिना अगाडि नोट छाप्ने प्रक्रिया थालेको थियो।

राष्ट्र बैंकले १० रुपैयाँ दरका नोट ३४ करोड थान छाप्ने भएको छ। ५ रुपैयाँ दरको नोट ३० करोड थान छाप्ने भएको छ।

यसका लागि चाइना बैंक नोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेशनलाई छानिएको छ। कम्पनीले नयाँ नोट डिजाइन, छपाइ तथा आपूर्तिसम्म गर्नुपर्ने हुन्छ।

५ रुपैयाँ दरको नोट छाप्नका लागि ४३ लाख ९७ हजार ५०० अमेरिकी डलरमा जिम्मा दिइएको छ। यसैगरी १० रुपैयाँ दरका नोट छाप्नका लागि ४१ लाख ४० हजार ४०० डलरमा जिम्मा दिइएको छ।

नयाँ नोटमा नवनियुक्त गभर्नर महाप्रसाद अधिकारीको हस्ताक्षर हुनेछ। अधिकारीले हस्ताक्षर गर्ने पहिलो नोट नै ५ र १० को हुनेछ। यी नोट नेपाल भित्रिन करिब ७/८ महिना लाग्छ।

9080
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका