जोडिनुहोस
बिहिबार, बैशाख ६, २०८१
बिहिबार, बैशाख ६, २०८१

हालको खबर

  • होमपेज
  • मध्यम वर्गप्रति अर्थमन्त्री कठोर, मोटरसाइकलमा बढाए कर

मध्यम वर्गप्रति अर्थमन्त्री कठोर, मोटरसाइकलमा बढाए कर

सर्वसाधारणका लागि उपयुक्त सवारी साधन मोटरसाइकल हो । यातायातका लागि सहज र बजेटभित्र पर्ने भएकाले पछिल्लो समय दुई पांग्रे सवारी साधनमा मानिसहरुको आकर्षण बढी छ । अझ कोरोना महामारीपछि त सार्वजनिक यातायात चढ्न नरुचाउनेका लागि सस्ता २ पांग्रे सवारी साधनमा आकर्षण बढेको छ । पछिल्लो समय दुई पांग्रेको व्यापार पनि बढेको छ ।

र्थमन्त्री जनार्दन शर्माले शुक्रबार प्रस्तुत गरेको प्रतिस्थापन विधेयकमा मोटरसाइकलको कर बढाइदिएका छन् । मध्यमवर्गीय परिवारले चढ्ने तहमा मोटरसाइकल तथा स्कुटरमा कर थपिदिएका हुन् ।

त्यति मात्रै होइन अर्थमन्त्रीले वर्गीकरण समेत फरक पारेका छन् । जसमध्ये यसअघि ५० सीसीदेखि १५५ सीसीसम्म ४० प्रतिशत र १५५ सीसीदेखि २५० सीसीसम्म ५० प्रतिशत अन्तशुल्क रहेकोमा हाल यो वर्गीकरण परिवर्तन गरिएको छ ।

नयाँ वर्गीकरणअनुसार ५० सीसीदेखि १२५ सीसीसम्म ४० प्रतिशत, १२५ सीसीदेखि २०० सीसीसम्म ५० प्रतिशत अन्तशुल्क, २०० सीसीदेखि २५० सीसीसम्म ६० प्रतिशत अन्तशुल्क कायम गरिएको छ । साथै ५०० सीसीदेखि ८०० सीसीसम्मको मोटसाइकलमा यसअघि ८० प्रतिशत अन्तशुल्क कायम रहेकोमा त्यसलाई बढाएर १०० प्रतिशत बनाइएको छ ।

त्यसैगरी निर्माण दस्तुरतर्फ पनि शुल्क बढेको छ । 

यसअघि १५५ सीसी ननाघेको मोटरसाइकल वा स्कुटरको हकमा १५ हजार रुपैयाँ, १५५ सीसी नाघेको तर २५० सीसी ननाघेको हकमा १८ हजार, २५० सीसी नाघेको तर ४०० सीसी ननाघेको हकमा ५० हजार रुपैयाँ दस्तुर लाग्थ्यो ।

तर अहिले १२५ सीसीसम्म १५ हजार रुपैयाँ, १२५ सीसीदेखि २५० सीसीसम्म १८ हजार रुपैयाँ, २५० देखि ४०० सीसीसम्म ५० हजार रुपैयाँ कायम गरिएको छ । यो हिसाबले १२५ देखि १५५ सीसीसम्मका मोटरसाइकलको मूल्य बढ्ने देखिएको छ 

1910
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?