जोडिनुहोस
आइतवार, मंसिर २२, २०८२
आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • तेस्रो त्रैमासमा एभरेष्ट इन्स्योरेन्सको फड्को, मुनाफा तीन गुणाले बृद्धि

तेस्रो त्रैमासमा एभरेष्ट इन्स्योरेन्सको फड्को, मुनाफा तीन गुणाले बृद्धि

एभरेष्ट इन्स्योरेन्सले तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्दै अब्बल बीमा कम्पनीको रुपमा उभ्याउन सफल भएको छ । गत आर्थिक वर्षको तुलनामा एभरेष्ट इन्स्योरेन्स कम्पनीले ३०० प्रतिशत मुनाफा बृद्धि गर्न सफल भएको छ ।

कम्पनीले आज प्रकाशित गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार चैत्र मसान्तसम्ममा १२ करोड ४९ लाख ४० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको समीक्षा अवधीमा चार करोड ४६ लाख २६ हजार रुपैयाँ मात्रै खुद नाफा आर्जन गरेको थियो । तुलनात्मक रुपमा हेर्दा कम्पनीले तीन गुणाले मुनाफा बृद्धि गर्न सफल भएको छ । बीमा शुल्क आर्जनमा बृद्धिसँगै कम्पनीको मुनाफा बृद्धि भएको हो । चालु आर्थिक वर्षको नौ महिनामा कूल ७४ करोड बीमा शुल्क आर्जन गर्न सफल भएको कम्पनीले खूद बीमा शुल्क ३३ करोड ८१ लाख ६७ हजार रुपैयाँ आर्जन गर्न सफल भएको छ । अघिल्लो आर्थिक वर्षमा जम्मा ६० करोड ४७ लाख ६० हजार रुपैयाँ कूल बीमा शुल्क र २९ करोड ४८ लाख ९९ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गर्न सफल भएको थियो ।

कम्पनीले तेस्रो त्रैमाससम्ममा ६९ हजार ११६ वटा बीमा पोलिसीमार्फत सो बीमा शुल्क आर्जन गरेको हो । कम्पनीको व्यवसायमा उल्लेख्य बृद्धि भएको देखिएको छ । अघिल्लो वर्षको तुलनामा कम्पनीले झण्डै छ हजार वटा पोलिसी बढी बिक्री गरेको हो ।

कम्पनीको सो अवधीमा ३१ करोड ३४ लाख दुई हजार रुपैयाँ दावी भुक्तानी गरेको छ भने एक अर्ब ३५ करोड ५९ लाख रुपैयाँ दावी भुक्तानी दिन बाँकी छ । कम्पनीको प्रतिशेयर आम्दानी १६ रुपैयाँ ३९ पैसा छ भने प्रतिशेयर नेटवर्थ १४५ रुपैयाँ ९१ पैसा छ । त्यस्तै मूल्य आम्दानी अनुपात २१.०५ छ भने प्रतिशेयर कूल सम्पत्तिको मूलय २३० रुपैयाँ ३९ पैसा छ  ।

12050
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका