जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • नबिल र लक्ष्मी बैंकका अध्यक्षबीच चुनावी प्रतिस्पर्धा

नबिल र लक्ष्मी बैंकका अध्यक्षबीच  चुनावी प्रतिस्पर्धा

नेपाल व्यवस्थापन संघ(म्यान)को नेतृत्वको लागि नबिल बैंक सञ्चालक समितिका अध्यक्ष उपेन्द्र पौडेल र लक्ष्मी बैंकका अध्यक्ष रमण नेपालबीच प्रतिस्पर्धा हुने छ । म्यानको नयाँ नेतृत्वको लागि शनिबार निर्वाचन हुने छ ।
म्यानमा सदस्यहरुले कार्यसमितिको चयन गर्ने र कार्यसमितिले पदाधिकारी चयन गर्ने छ । अहिलेका अध्यक्ष किरण श्रेष्ठले अर्को कार्यकालको लागि उठ्ने इच्छा व्यक्त नगरेपछि म्यानमा प्यानल बनाएर प्रतिस्पर्धा हुने भएको हो । म्यानमा विगतमा चुनावी प्रतिस्पर्धा हुने गरेपनि प्यानल भने बन्ने गरेको थिएन ।

उपेन्द्रको प्यानलबाट मोहन ओझा, प्रद्युम्न पोखरेल,कृष्णप्रसाद शर्मा, आशा राणा अधिकारी, मनोजकुमार लाल कर्ण, शशि सत्याल छन् । यस्तै अश्मी राणा, हिमाकुमारी अधिकारी, मिलन गुरुङ र जीवनकुमार कटुवाल पौडेलको प्यानलमा रहेका छन् ।

यसैगरी रमणको मिलन गुरुङ, डा. नरेन्द्र श्रेष्ठ, इन्द्रकुमार श्रेष्ठ, आङछिरिङ शेर्पा, सुरेन्द्र थापा, मनिष झा, सुजन आचार्य र अनु जोशी रहेका छन् ।
म्यानको अध्यक्षको दावेदार रहेका पौडेल ३० वर्षभन्दा बढी समय बैंकिङ क्षेत्रमा बिताएका हुन् ।

4055
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका