जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • एशियन लाइफको बागमति प्रदेशका उत्कृष्ट एजेन्सी सम्मानित

एशियन लाइफको बागमति प्रदेशका उत्कृष्ट एजेन्सी सम्मानित

एशियन लाइफ इन्स्योरेन्स कम्पनीले बागमति प्रदेशमा कार्यरत उत्कृष्ट एजेन्सीहरुलाई सम्मान तथा पुरस्कार वितरण गरेको छ । कम्पनीले बागमति प्रदेशमा कार्यरत २५० जना उत्कृष्ट एजेन्सीहरुलाई सम्मान गरेको हो । कम्पनीले भदौ २३ र २४ गते काठमाडौंको होटल क्राउन इम्पेरियलमा आयोजित कार्यक्रममा बागमति प्रदेशका विविभन्न शाखाहरुमा कार्यरत एजेन्सीहरुलाई सम्मान तथा पुरस्कार वितरण गरेको जनाएको छ ।

कार्यक्रममा बागमती प्रदेशका १२ शाखाका प्रबन्धकहरुको उपस्थिति रहेको थियो । साथै, उक्त तालिम कार्यक्रममा प्रशिक्षक लेखनाथ पौडेलले मोटिभेशन तालिम दिएका थिए ।

कम्पनीले तोको लक्ष्य पुर्याउने सबै एजेन्सीलाई काठमाडौंमा बोलाएर तालिम सहित सम्मान गरेको हो । बागमती प्रदेश स्तरीय बिजनेश एक्सिलेन्स अवार्डममा टिम तर्फबाट नयाँ बानेश्वर शाखाबाट कमल घोडासैनी प्रथम भएका छन्। त्यस्तै ललितपुरको जावलाखेल शाखाबाट सन्तलाल राई द्धितिय भएका छन् भने मकवानपुरको हेटौडा शाखाबाट राजु शाह तेस्रो भई पुरस्कार प्राप्त गर्न सफल भएका छन् । कम्पनीको व्यक्तिगत कोडमा सबैभन्दा बढि व्यवसाय गर्नेहरुमा नयाँ बानेश्वरका कमल घोडासैनी नै प्रथम भएका छन् ।

दुई दिने कार्यक्रममा एशियन लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष दीपक श्रेष्ठ, सिइओ दिनेशलाल श्रेष्ठ तथा डेपुटी सिईओ होम बहादुर श्रेष्ठसहितकाक उच्च अधिकारीहरुको उपस्थिति रहेको थियो

4150
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?