जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • युनियन लाइफको आइपिओ असार २४ गतेदेखि निष्काशन हुने

युनियन लाइफको आइपिओ असार २४ गतेदेखि निष्काशन हुने

युनियन लाइफ इन्स्योरेन्स कम्पनीले असार २४ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा असार २८ गतेसम्म निष्काशन गर्नेछ । पहिलो चरणम बिक्री भएमा कम्पनीले यहि असार भित्रै बाँडफाँड सम्पन्न गर्ने योजना बनाएको छ ।

सर्वसाधारण लगानीकर्ताले न्यनतम १० कित्ता र अधिकतम ३२ हजार २५० कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् । कम्पनीले जारी पूँजी २ अर्ब १५ करोडको ३० प्रतिशत सर्वसाधारणका लागि बिक्री गर्ने भएको हो । उक्त ३० प्रतिशत मध्ये ५ प्रतिशत कर्मचारी र ५ प्रतिशत सामुहिक  लगानीकोषका लागि सुरक्षित गरेको छ ।

सर्वसाधारण समुह तर्फको ६४ करोड ५० लाख रुपैयाँ मध्ये कर्मचारी र सामुहिक लगानीकोषलाई छुट्टाएर बाँकी रहेको ५८ करोड ५ लाख रुपैयाँ सर्वसाधारण लगानीकर्ताले प्राप्त गर्ने छन् । न्युनतम १० कित्ताका दरले बाँडफाँड हुँदा कम्पनीको प्राथमिक शेयर ५ लाख ८५ हजारले १० कित्ताका दरले पाउने देखिन्छ ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धकमा प्रभु क्यापिटल रहेको छ । क्यापिटलको सक्रियताका कारण प्रकृयाँ सुरु गरेको एक महिनामै नेपाल धितोपत्र बोर्डबाट अनुमति पाउन सफल भएको हो ।

कम्पनीले आइपिओ निष्काशनका लागि ‘इक्राएनपि आइआर ट्रिपल बि’ रेटिङ प्राप्त गरेको छ । रेटिङ एजेन्सी इक्रा नेपालका अनुसार उक्त रेटिङले कम्पनीको प्राथमिक शेयरमा गरिएको लगानी मध्यम किसिमको सुरक्षा रहेको संकेत प्रदान गर्छ ।

रेटिङ एजेन्सिका अनुसार कम्पनीको ब्रान्च तथा अभिकर्ताको नेटवर्क धेरै राम्रो रहेको छ । यसले गर्दा पनि केहि हदसम्म कम्पनीको रेटिङ राम्रो आएको हो । जीवन बीमा कम्पनीहरु मध्ये बीमा शुल्क आर्जनका हिसावले कम्पनीको बजार हिस्सा ८ प्रतिशत हाराहारी रहेको छ । तर नयाँ आएका १० जीवन बीमा कम्पनीहरु मध्येको बजार हिस्सा भने २७ प्रतिशत रहेको छ । त्यसैले गर्दा पनि नयाँ आएका जीवन बीमा कम्पनीहरु मध्ये युनियन लाइफ बजार विस्तारमा आक्रामक रहेको पुष्ठि गर्दछ ।

कम्पनीको शाखा सञ्जाल २०२ वटा रहेको छ भने सक्रिय अभिकर्ताको संख्या १४ हजार भन्दा धेरै रहेका छन् अर्को तर्फ कम्पनीबाट अभिकर्ताको काम गर्न ५० हजार भन्दा धेरैले लाइसेन्स प्राप्त गरेका छन् ।

कम्पनीले प्राथमिक शेयर निष्काशन पछि सोल्भेन्सी अनुपात पनि सुधार हुने रेटिङ एजेन्सीले जनाएको छ । हाल कम्पनीको नेटवर्थ दुई अर्ब ३१ करोड रुपैयाँ भन्दा माथि छ । प्राथमिक शेयर निष्काशन पछि कम्पनीको नेटवर्थ तीन अर्ब भन्दा माथि हुनेछ ।

कोभिड १९ का कारण सरकारले निषेधाज्ञा तथा लकडाउन गर्दा कम्पनीको व्यवसाय बृद्धिमा भने असर पुर्याएको एजेन्सीले प्रतिवेदनमा उल्लेख गरेको छ । अझै पनि कोभिडको प्रभाव कायम रहेको र मृत्युदर बढिरहेको हुँदा कम्पनीमा दाबी पर्न सक्ने सम्भाव्यता पनि उत्तीकै रहेको रेटिङ एजेन्सीले जनाएको छ ।

युनियन लाइफ इन्स्योरेन्स कम्पनीले चार वर्ष अगाडि जीवन बीमा व्यवसाय गर्नका लागि लाइसेन्स प्राप्त गरेको थियो । कम्पनीमा नेपालको ठुला ठुला व्यवसायिक समुहहरुले लगानी गरेका छन् । कम्पनीको प्रमुख शेयरधनीहरुमा शेखर गोल्छाको १९.९ प्रतिशत, साहिल अग्रवालको १९.९ प्रतिशत, सुलभ अग्रवालको १८ प्रतिशत, सन्दिप कुमार अग्रवालको ६.६ प्रतिशत, शरद कुमार टिवरेवालको ६.६ प्रतिशत शेयर पूँजी रहेको छ ।

6780
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?