जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • शाखा सञ्जाल बढाउँदै गार्डियन माइक्रो लाइफ

शाखा सञ्जाल बढाउँदै गार्डियन माइक्रो लाइफ

नेपालको पहिलो लघुबीमा कम्पनी गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले शाखा सञ्जाल विस्तार गरेको छ ।

कम्पनीले सोमबार आफ्नो आठौं उपशाखा दाङको घोराहीमा सञ्चालनमा ल्याएको हो । उक्त उपशाखा कार्यालयको उद्घाटन घोराही उप–महानगरपालिकाका प्रमुख नरुलाल चौधरीले रिबन काटेर गरेका हुन् ।

उक्त असरमा उनले कम्पनीले आफ्नो उद्देश्य अनुरुप ग्रामीण बस्तीहरुमा लक्षित वर्गमा पुगेर बीमा सुविधा प्रदान गर्ने कुरामा आफूलाई विश्वास लागेको बताए ।

कार्यक्रममा कम्पनीका मूख्य प्रबन्धक कैलाश देवकोटाले कम्पनीको सेवा सुविधा तथा लघुबीमाको औचित्य र उद्देश्यको बारेमा जानकारी दिएका थिए । बस्ती–बस्तीमा पुगेर लघुबीमाको सुविधा दिने र डिजिटल माध्यमबाट कम्पनीको दाबी भुक्तानी प्रणाली छिटोछरितो र सरल बनाउने पनि उनले बताए ।

कार्यक्रममा घोराही उप–महानगरपालिका वडा नं. १५ का रमेश पाण्डे, वडा नं. १६ का अध्यक्ष तारा डांगी, उद्योग वाणिज्य संघका अध्यक्ष बसन्त जोशी लगायत स्थानीयको सहभागीता थियो ।

735
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका