जोडिनुहोस
मङ्लबार, बैशाख १८, २०८१
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • बैंकको कर्जा गुणस्तर परीक्षण गर्ने प्रक्रिया शुरू

बैंकको कर्जा गुणस्तर परीक्षण गर्ने प्रक्रिया शुरू

नेपाल राष्ट्र बैंकले ठूला र प्रणालीगत रुपमा महत्वपूर्ण मानिएका १० बैंकको कर्जा गुणस्तर जाँच गर्ने प्रक्रिया अघि बढाएको छ । अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ)सँग विस्तारित कर्जा सुविधा (ईसीएफ) प्राप्त गर्नुअघि नेपालले १० ठूला बैंकको बाह्य लेखापरीक्षण गराउने प्रतिबद्धता जनाएको थियो ।

सोही व्यवस्थालाई कार्यान्वयन गर्ने प्रक्रिया थालिएको राष्ट्र बैंकले जनाएको छ । केन्द्रिय बैंकको सम्पत्ती तथा सेवा व्यवस्थापन विभागले यसका लागि लेखापरीक्षण नियुक्त गर्ने प्रक्रिया अघि बढाएको हो ।

राष्ट्र बैंकले यसै आर्थिक वर्षभित्रै उक्त काम गर्ने भनेको थियो । सोही प्रयोजनमा सघाउ पुगोस् भनेर केन्द्रिय बैंकले यो आर्थिक वर्षको मौद्रिक नीतिको मध्यावधि समीक्षामार्फत् बैंकहरुको पूँजी पर्याप्तता अनुपातमा समेत संशोधन गरिदिएको थियो । १ करोडसम्मको कर्जालाई ‘रिटेल पोर्टफोलियो’ मान्न पाइने पुरानो व्यवस्थालाई दोब्बर पारेर २ करोडको सीमा निर्धारण गरिदिनुको पछाडी बैंकहरुको अवस्था राम्रो भएको देखाउनु नै हो ।

राष्ट्र बैंकले मुलुकको वित्तीय प्रणालीमा सर्वाधिक महत्वपूर्ण रहने बैंकहरुको सूची पनि तयार पारेर राखेको छ । उक्त सूची बनाउनु पर्ने ‘बासेल ३’ को प्रावधान बमोजिम नै अर्थतन्त्रमा बढी महत्वपूर्ण हुने बैंकहरुको अनुक्रम तयार पारिएको भए पनि त्यसलाई सार्वजनिक गरिएको छैन ।

केही वर्षअघि राष्ट्र बैंकले मौद्रिक नीतिमै प्रणालीगत रुपमा महत्वपूर्ण बैंक (सिस्टमेटिकल्ली इम्पोर्टेण्ट बैंक–एसआईबी) छुट्याउने र उनीहरुलाई विशेष खालको नियमन व्यवस्था गर्ने भने पनि त्यसको पालना भएको छैन । तर केन्द्रिय बैंकले गोप्य दस्तावेजको रुपमा त्यस किसिमको सूची बनाएको जानकार बताउँछन् । तिनै सूचीबाट बढी महत्वपूर्ण ठानिएका १० बैंकको बाह्य लेखापरीक्षण हुने राष्ट्र बैंकका एक अधिकारीले अर्थपथलाई बताए ।

उक्त प्रक्रिया पुरा भएपछि ठूला बैंकहरुको कर्जाको गुणस्तरबारे स्पष्टता आउने छ ।

600
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका