जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • आगामी दिनमा ब्याजदर थप घट्छ, कर्जा विस्तार लक्ष्यअनुसार हुँदैन: एनबीए अध्यक्ष केसी

आगामी दिनमा ब्याजदर थप घट्छ, कर्जा विस्तार लक्ष्यअनुसार हुँदैन: एनबीए अध्यक्ष केसी

नेपाल बैंकर्स संघ (एनबीए) का अध्यक्ष सुनिल केसीले ब्याजदर घट्दो क्रममा रहेको बताएका छन् ।

पुसमा १०.९१ प्रतिशत पुगेको आधार दर वैशाखमा १०.४८ प्रतिशतमा झरेको छ । जसले गर्दा माघमा यो वर्षकै उच्च बिन्दु १३.०३ प्रतिशत पुगेको वाणिज्य बैंकको औसत कर्जाको ब्याजदर वैशाखमा १२.८४ प्रतिशतमा झरेको  छ ।

‘स्प्रेड दर ४ प्रतिशत कायम गर्नुपर्ने भएकाले पनि असारपछि ब्याजदर थप घट्छ,’ एनएबी बैंकका प्रमुख कार्यकारी अधिकृत केसीले भने, `बैंकमा निक्षेप बढेको अनुपातमा कर्जा लगानी नबढेकाले तरलता पनि सहज हुँदै गएको छ ।´

हाल ४.४ प्रतिशत रहेको निक्षेप र कर्जाको औसत ब्याजदर अन्तर असारदेखि ४ प्रतिशत कायम गर्नुपर्नेछ । स्प्रेड दर राष्ट्र बैंकले निर्धारण गरेको सीमाभित्र राख्न बैंकले ब्याजदर थप घटाउने केसीले बताए । यो वर्ष केन्द्रीय बैंकले लिएको १३ प्रतिशतको कर्जा विस्तारको लक्ष्य भने पूरा नहुने उनले स्पष्ट पारे ।

`अन्तिम २ महिनामा सरकारको खर्च बढ्ने भएकाले जेठ र असारमा थप २ खर्ब निक्षेप बढ्ने अनुमान गरेका छौं,´ केसीले भने, `अहिलेसम्मको कर्जा विस्तार हेर्दा आगामी दुई महिनामा थप १.५ खर्ब कर्जा विस्तार हुने र समग्रमा गत वर्षभन्दा ६ प्रतिशतले कर्जा बढ्ने देखिन्छ ।´

आगामी दिनमा सरकारले ठूलो परिमाणमा आन्तरिक ॠण लियो भने बैंकिङ क्षेत्रमा दबाब पर्न सक्ने भएकाले सरकारले वाह्य स्रोत परिचालन गर्नुपर्ने उनले बताए । `वित्तीय स्रोतको अभाव भएकाले अहिले पनि आन्तरिक ॠणको ब्याजदर ९ प्रतिशतभन्दा माथि छ,´ केसीले भने ।

बैंक वित्तीय संस्थाको पुँजी पर्याप्त अनुपात कसिलो हुँदै गएकाले कर्जा विस्तार घटेको केसीले बताए । ‘बैंक तथा वित्तीय संस्थाको लागत बढ्दा नाफा पनि घट्दो क्रममा छ,’ उनले भने ।

चालू पुँजी कर्जासम्बन्धी नीतिले आगामी वर्ष कर्जा विस्तार सुस्त हुने र सरकारी खर्च नबढ्ने  तथा आर्थिक वृद्धि सुस्त हुने उनको अनुमान छ ।

कार्यक्रममा एनबीएका पूर्वअध्यक्ष एवं हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले ब्याजदर घट्दै गएकाले बजार चलायमान हुँदै जाने बताए ।

`खराब कर्जा बढे पनि नेपालका बैंकहरू बलियो अवस्थामा छन्,´ उनले भने, `आगामी दिनमा हामी सचेत भएर नीतिगत निर्णय गर्नुपर्ने अवस्थामा हामी छौं । तर, ठुलै जोखिमको अवस्था भने छैन ।´

710
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका